महसुल नतिर्नेको लाइन काट्दै विद्युत प्राधिकरण

  ।   ९ माघ २०७७, शुक्रबार ००:३७

नेपाल विद्युत प्राधिकरण जुम्लाले महसुल नतिर्ने सेवाग्राहीको लाइन काट्न थालेको छ । पहिलो चरणमा ३० जना सेवाग्राहीको लाइन काटेको हो । लामो समयम महसुल नतिरेका ग्राहकको लाइन काटिएको हो । जसमध्ये १५ जनाले शुल्क तिरेर लाइन जोडेका छन् ।
चन्दननाथ नगरपालिका भित्रका दुई महिना भन्दा बढिको शुल्क नबुझाएका र एक हजार रुपैयाँ भन्दा बढि रकम नतिरका ग्राहकको लाइन काटेको विद्युत प्राधिकरण जुम्लाले जनाएको छ ।
यसैगरि मिटर बक्स नराखेका,धेरै लोड तान्ने उपकरण प्रयोग गर्ने र प्राधिकरणको निर्देशन अटेरी गर्ने ग्राहकको समेत लाइन काटिने कार्यालय प्रमुख गौरव पाण्डेले जानकारी दिए । प्राधिकरणको नियमावली अनुसार सुचना टाँस गरि लाइन काटिएको प्रमुख पाण्डे बताउँछन् ।

Next Post

किसानलाई अनुदानै अनुदान

९ माघ २०७७, शुक्रबार ००:३७
  पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाले किसानलाई विभिन्न शिर्षकमा अनुदानका कार्यक्रम दिएको छ । गत आर्थिक बर्षको साउन एक गतेदेखि चालु आर्थिक बर्षको कार्तिक मसान्त सम्म गरेर यहाँका किसानलाई अनुदान उपलब्ध गराएको हो । यहाँका किसानलाई स्थानीय जातको कुखुरापालन,खोर निर्माण, चल्ला र दाना खरिद,कुखुरा पोल्टी फर्म,दुग्ध प्रवद्र्धन कार्यक्रम,डेरी […]