जुम्लामा गाउँको झगडामा प्रहरीले भाँजो हालेको आरोप, मुद्दा दर्तादेखि पक्राउ पुर्जीसम्म

सुर्खेत । जुम्लाको एक गाउँमा भएको आपसी झगडामा प्रहरीले भाँजो हाल्दा बिवाद चुलिदै गएको छ । जुम्लाको तातोपानी गाउँपालिका ४ गौतमबाडावासीबिच भएको आपसी झगडामा न्यायका लागि पीडित पक्षले मुद्दा हाल्दा प्रहरीले पीडक पक्षको बचाउ गर्दा बिवाद उत्कर्षमा पुगेको हो ।

तातोपानी गाउँपालिकाकी उपाध्यक्ष गंगादेवी उपाध्यायका श्रीमान लक्ष्मीप्रसाद उपाध्याय नेतृत्वमा गाउँको चौर सामुदायिक सहकारी संस्थाको स्विकृती अनुसार कोल्डस्टोर निर्माण गरिएपछि पाटीगत बिवाद र व्यक्तिगत रिसीवी लिएर गएको ५ गते गाउँकै स्थानीय हिमालय खत्री नेतृत्व टिमले उपाध्यायको विरोधमा उपाध्याय दम्पती र उनका आफन्त जयप्रसाद गौतम र गौतमकी श्रीमति जानकी गौतम लगाएतमाथि हातपात गरेका थिए ।

सोही घटनालाई लिएर जयप्रसाद गौतम लगाएतले सार्वजनिक स्थलमा अभद्र व्यवहारबारे जिल्ला प्रहरी कार्यालय जुम्लामा ६ गते जायरी दिएका थिए । तर मेलमिलापको नाममा प्रहरीले सो मुद्दा दर्ता नगर्दा पीडक पक्षको मनोबल बढेपछि पीडक पक्षले आफुपनी अभद्र व्यहवारमा परेको भन्दै मुद्दा दिएपछि दुबै मुद्दा एकै पटक दर्ता भएका हुन् ।

यो पनि : उपाध्यक्षका श्रीमान भन्छन्, ‘गलत छैन, व्यक्तिगत रिसीवीले २-४ जना भुकेका मात्रै हुन्’

दुबै पक्षले दिएको मुद्दा एकैपटक दर्ता गरी प्रहरीले अभद्र व्यवहारमा आरोप लगाइएकाहरुलाई एक्कासी पक्राउ पुर्जी दिएको थियो । सो मुद्दामा पीडित भनिएको पहिलो पक्ष लक्ष्मीप्रसाद उपाध्यायहरुले आफुमाथि अन्याय भएको गुनासो गरेका छन् । उनीहरुका अनुसार प्रहरी निरिक्षक युवनकुमार चौधरीका कारण गाउँको आपसी झगडामा प्रहरीले भाँजो हालेर इच्छा अनुसार मुद्दा दर्तागर्नेदेखि पक्राउ पुर्जीदिनेसम्मको काम भएको आरोप छ । पीडित लक्ष्मीप्रसाद उपाध्याय पक्षले सुरुमै दिएको मुद्दा नै दर्ता नगरी पीडक पक्षको मुद्दा आएपछि मात्रै दुबै मुद्दा दर्ता गरी दुबै पक्षलाई पक्राउ पुर्जी पठाउनुमा न्याय संगत नभएको उपाध्याय पक्षको भनाइ छ ।

घटना उपाध्याय नेतृत्वमा सरकारी बजेटले निजी जग्गामा कोल्डस्टोर निर्माण र स्याउ बगैंचा घेरबार गरेको भन्दै अरोप लगाई व्यक्तिगत रिसिवी साट्ने काम भएको हो । तर सरकारी जग्गामा कोल्डस्टोर निर्माण गर्नका लागि सम्बन्धित सहकारी संस्थाबाट मञ्जुरीनामा दिई प्रक्रिया पुरा गरिएको छ । सो कोल्डस्टोर निर्माण कार्य प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महतको संसद बिकास कोषको १५ लाख रकमबाट सम्पन्न गर्ने योजना थियो ।

तर स्रोतका अनुसार सो योजना सम्पन्न भएपनि गाउँका केही व्यक्तिहरुलाई चित्त नबुझेपछि विरोध गरिएको थियो । मुद्दा दायर गरिएका दुबै पक्ष एउटै गाउँका भएको र पहिलेदेखिको व्यक्तिगत रिसिवी साट्न लफडा बढाइएको भन्दै यसलाई मेलमिलाप गर्नपर्ने स्थानीयवासीको भनाइ छ ।

यसबिषयमा यता प्रहरी निरिक्षक युवनकुमार चौधरीले भने, ‘उपाध्याय पक्षले जायरी दिएपछि हामीले गाउँको झगडा मेलमिलापबाट समाधान गर्नुपर्छ भनेर सोचेका थियौं । तर मेलमिलापबाट समाधान नहुदाँ अर्कोपक्षले पनि जायरी दियो । दुबै मुद्दा दर्ता भएका छन् । एकले अर्काप्रति अभद्र व्यवहारको मुद्दा दर्ता गरेका छन् । हामी यसबिषयमा अनुसन्धान गर्दैछौं । गाउँको झगडा पहिलो प्रयास मेलमिलाप नै हो । यदी भएन भने कानुनी प्रक्रिाय अनुसार अघि बढ्छौं ।’

सम्बन्धित शीर्षक