राष्ट्रिय परिचय पत्रका लागि सुर्खेतमा हालसम्म दुई हजारभन्दा बढीको विवरण दर्ता

सुर्खेत। दुई हजारभन्दा बढीको विवरण दर्ता राष्ट्रिय परिचय पत्रका लागि सुर्खेतमा हालसम्म दुई हजारभन्दा बढीले विवरण दर्ता गराएका छन् । आठ महिनाको अवधिमा कुल दुई हजार दुईसय ९२ जनाले विवरण दर्ता गराएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी श्रीशम्सेर रानामगरले जानकारी दिए ।

सुर्खेतमा गएको मंसिर २१ गते राष्ट्रिय परिचय पत्रका लागि विवरण दर्ता सुरु भएको हो । हाल जिल्ला प्रशासन कार्यालयले नागरिकता लिन आउनेहरुको मात्रै विवरण संकलन गर्दै आएको छ । अभियान सकिएपछि पनि प्रशासन कार्यालयबाट नियमित रुपमा विवरण दर्ता जारी रहनेछ । परिचयपत्रमा विवरण दर्ता गराउन अनिवार्य रुपमा नागरिकता प्राप्त गरेको हुनुपर्दछ ।

सम्बन्धित शीर्षक