तरुण दल सुर्खेत अध्यक्ष विष्टले गराए दलित महिलाको आँखाको अप्रेशन

सुर्खेत । नेपाल तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टले एक दलित महिलाको आँखाको अप्रेशन गराएका छन् । गत वर्षको लकडाउनमा आवश्यकता परेका नागरिकलाई लाखौंको खाद्यान्न, ग्याँस जस्ता सामाग्री वितरण गरेका अध्यक्ष विष्टले आज पञ्चि नेपालीको आँखाको अप्रेशन गराएका हुन ।

वीरेन्द्रनगर ९ निवासी नेपालीका श्रीमानको २५ वर्ष अगाडी मृत्यू भएको थियो । उनका १९ वर्षका एक छोरा पनि वेपत्ता छन् । अर्का उक छोराले दैनिक ज्याला मजदुरी गरेर गुजारा चलाइरहेका थिए । ‘म सडकमा गिट्टी कुटेर बस्ने गरेकी थिएँ ।

आजकाल आँखा नै देख्न सक्दिन थिएँ ।’ पञ्चाले भनिन्, ‘मेरो लागि उहाँ भगवान बनेर आइदिनु भयो । अब कम्तिमा एक आँखा त राम्ररी नै देख्ने भएकी छु ।’

अध्यक्ष विष्टले भने पहिलो लकडाउनमा खाद्यान्न सहयोग गर्ने समयमा आँखाको अप्रेशन गरिदिने बचन दिएको बताए । ‘मैले पहिलो लकडाउनमा सहयोग गर्दा उंहाको गुनासो अनुसार आंखा अप्रेसन गर्दिने बचन दिएको थिंए र आज मेरो व्यक्तिगत खर्चमा आंखाको अप्रेसन गर्न पाउंदा आमा पनि खुशी र मेरो पनि आत्म सन्तुष्ट सहित बाचा पुरा भएको महसूस गरेको छु ।’ उनले भने ।

सम्बन्धित शीर्षक