लाटीकोईली स्वास्थ्य चौकीमा विशेषज्ञ दम्पती डाक्टरले निःशुल्क सेवा दिने

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको वडा नं. ९ लाटीकोईलीमा दुइ जना विशेषज्ञ डाक्टरले निःशुल्क सेवा दिने भएका छन् ।

कर्णालीका उत्कृष्ट हाडजोर्नी रोग बिशेषज्ञ डा.शुभ श्रेष्ठ अनी स्त्रिरोग बिशेषग्य डा. कृतिका श्रेष्ठले स्वास्थ्य चौकी लाटीकोइलीमा आफ्नो विशेषज्ञ सेवा निरन्तर र निःशुल्क दिने भएका छन् । लाटीकोइलीमा नै जन्मेका डा शुभ र उनकी धर्मपत्नी कृतिकाले त्यहाँ सेवा दिने भएका हुन ।

‘मेरो गाउँ पनि यतै भएको र हाल स्वास्थ्य चौकी सञ्चालनमा आउने भएपछि हामी दुइ जनाले निःशुल्क सेवा दिने घोषणा गरेका छौं । यहाँ सेवा गरेवापत हामीले कुनै पनि सुविधा नलिने निर्णय गरेका छौं ।’ डा. शुभले भने, ‘यो मेरालागि अहो भाग्य हो, यहाँ सेव ा गर्न पाउनु ।’ उनी हाल देउती अस्पतालमा कार्यरत रहेपनि दिन, समय मलिाएर सेवा गर्ने बताउँछन् ।

सम्बन्धित शीर्षक