बर्षातले मध्यपहाडीको दैलेख सडक खण्डमा सयौं जाली एकैपटक भत्किए

दैलेख । लगातारको बर्षात सँगै दैलेखको मध्यपहाडी सडक खण्ड अन्तर्गतको दैलेखको किमुगाउँ सडक खण्डका सयौं जाली एकैपटक भत्कीएका छन् ।

निर्माण कम्पनीले काम गर्दा जाली भर्ने जगको प्रभावकारीता ख्याल नगरेको र बर्षातको भलको व्यवस्थापन नगरेका कारण सयौं जाली एकैपटक भत्केका हुन् ।

ठेकेदार कम्पनीले काम गर्दै गरेका कारण सडकमा भएको क्षतीको जिम्मा निर्माण कम्पनीकै हुने बताएको छ । निर्माण कम्पनीले आफु काम गरिरहेको सडकको जाली भर्नुपूर्व अपनाउनुपर्ने सुरक्षा अपनाउन नसक्नु र लगातार बर्षातका कारण भल जाली लगाएको स्थानमै पुग्नु जस्ता लापरवाहीले जाली भत्किएको मध्यपहाडी आयोजनाले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षक