जिप दुर्घटनामा एकको मृत्यु, चार घाइते

  ।   ११ श्रावण २०७८, सोमबार १७:३०

जाजरकोट : जाजरकोटमा जिप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा परी चारजना घाइते भएका छन्।

बारेकोट गाउँपालिका –८ बाट नलगाड नगरपालिका –५ को सीमाना खारातर्फ आउँदै गरेको ग १ ज ४९५५ नम्वरको जिप लैखममा दुर्घटना भएको हो।  मृत्यु हुनेहरुमा बारेकोट गाउँपालिका –८ की ५५ वर्षीया लक्ष्मी सिंह रहेकी छन्।

उनको घटनास्थलमै मृत्यु भएको हो। घाइते हुनेहरुमा बारेकोट–८ की २५ वर्षीया समिक्षा सिंह, २३ वर्षीय दीपक खत्री, २६ वर्षीय बलबहादुर खत्री, नलगाड नगरपालिका –५ का १८ वर्षीय मिलन शाही छन्।

घाइतेहरुको उपचारका लागि स्वास्थ्य संस्था दल्ली ल्याइएको प्रहरीले जनाएको छ। चालक बारेकोट –८ का राजु सिंह फरार रहेको प्रहरीले जनाएको छ। जिप बलबहादुर खत्रीले चलाउदा दुर्घटना भएको बताएको छ। जिप नलगाड नदीमा खसेको छ।

Next Post

बर्षातले मध्यपहाडीको दैलेख सडक खण्डमा सयौं जाली एकैपटक भत्किए

११ श्रावण २०७८, सोमबार १७:३०
दैलेख । लगातारको बर्षात सँगै दैलेखको मध्यपहाडी सडक खण्ड अन्तर्गतको दैलेखको किमुगाउँ सडक खण्डका सयौं जाली एकैपटक भत्कीएका छन् । निर्माण कम्पनीले काम गर्दा जाली भर्ने जगको प्रभावकारीता ख्याल नगरेको र बर्षातको भलको व्यवस्थापन नगरेका कारण सयौं जाली एकैपटक भत्केका हुन् । ठेकेदार कम्पनीले काम गर्दै गरेका कारण सडकमा भएको क्षतीको […]

सम्बन्धित