सुर्खेतसहित तीन जिल्लाको विद्युत अवरुद्ध

  ।   १० श्रावण २०७८, आईतवार ०७:०४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर ल्याइएको विद्युत लाइनमा समस्या देखिएपछि सुर्खेतसहित तीन जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । ३३ केभी प्रशारण लाइनको सुर्खेतको कल्यान–धुलियाविट क्षेत्रमा दिउँसो परेको पानीका कारण विद्युत लाइनमा समस्या देखिएको हो ।


‘शुरुमा रामघाट–धुलियाविटको विच क्षेत्रमा विद्युत होल्ड भएन्,’ नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘मर्मतका लागि टोली फिल्डमा गएपनि समस्या पत्ता लाग्न सकेको छैन्, कल्यानसम्म विद्युत लाइन ठिक रहेको छ ।’

गिरीकाअनुसार बरीपाटी क्षेत्रमा समस्या भएबारे पत्ता लगाउन दुई ओटा टोली परिचालन गरिएको छ । रात परिसकेकाले बरिपाटी क्षेत्रमा समस्या पत्ता लगाउन कठिनाई भएको गिरीको भनाई छ । शनिवार दिउँसाे परेकाे वर्षासँगै चलेकाे हावाहुरीले रूखकाे हाङ्गाविङ्गा तारमा लागेपछि विद्युत लाइनमा समस्या भएकाे हुनसक्ने गिरी बताउँछन् । विद्युत अवरुद्धहुँदा वीरेन्द्रनगरसहित आसपास, दैलेख र कालिकोटको विद्युत सेवा बन्द भएको छ ।

Next Post

सल्यानमा असारसम्म झन्डै तीन हजार संक्रमित, ५३ को मृत्यु

१० श्रावण २०७८, आईतवार ०७:०४
सल्यान : चीनबाट सुरु भएको कोरोना भाइरस महामारीका कारण सल्यानमा २०७८ असारसम्म दुई हजार ८ सय ९० जना संक्रमित भएका छन् भने ५३ जनाको मृत्यु भएको छ। जिल्लामा २०७६ साल चैत १७ गते एक पुरुषमा कोरोना संक्रमण देखिएको थियो। त्यसयता संक्रमितको संख्यामा उतारचढाव हुँदै आइरहेको छ। असार मसान्तसम्म ११ हजार ५ […]

सम्बन्धित