सुर्खेत । कर्णाली प्रदेश भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री अम्मर बहादुर थापाले भौतिक पुर्वाधार निर्देशनालय सुर्खेतद्वारा सम्पन्न गरिएका विभिन्न भौतिक संरचना सहितका योजनाको अनुगमन गरेका छन् ।
सुर्खेतको लेकवेसी, गुर्भाकोट लगाएत सुर्खेत पुर्वि क्षेत्रका विद्यालय भवन, सडक, नाला लगाएतका संरचनाको कार्य अवस्था एवम निर्माण सम्पन्न भए नभएको विषयमा प्राविधिक टिमसहित मन्त्री थापाले अनुगमन गरेका हुन् ।
रेगुलर प्राविधिक सहितको अनुगमनले कामको गुणस्तर अभिवृद्धि गर्नुका साथै अनियमितता रोख्ने र गाउँ समाजमा संघियताको महत्व र यसका फाईदाका विषयमा बुझाउन सहज हुने मन्त्री थापाले बताए । आफू लगातार जनताको माझमा रहने र परिणात्मक काम देखिने गरी जनताकै काम गर्ने उनले उद्घोष गरे । साथै उनले हतारमा काम नगर्न सुझाब दिदै दिगोविकास लक्ष्य अनुसार गुणस्तरीय काम गर्न निर्देशन दिएका छन् ।
आफू मन्त्रि भएको छोटो समय भएको र आफ्नो कार्यकालयमा जनताले प्रत्यक्ष अनुभुती हुने गरी काम गरेको देख्न पाउने उनको विश्वास छ । साथै उनले अनुगमनका क्रममा निर्माण सम्पन्न योजनाहरु सन्तोषजनक रहेको बताए । चुनाव जितेपछि माननीयहरु फर्केर आउन छाडेको अवस्थामा मन्त्री थापा आफै उपस्थित भएर गाउँमा आई योजनाको अनुगमन गरेको भन्दै स्थानीयवासीले समेत खुसी व्यक्र गरे ।