सल्यानमा हेलिकप्टरबाट सुत्केरीको उद्धार

  ।   ७ श्रावण २०७८, बिहीबार १७:३१
सल्यान : सल्यान जिल्ला अस्पतालमा रहेकी सुत्केरीको फोक्सोमा समस्या आएपछि हेलिकप्टरबाट उद्धार गरिएको छ।

महोत्तरी सोनाम गाउँपालिका–१ घर भई सल्यान शारदा नगरपालिका–२ बस्ने २१ वर्षीया अर्चना यादवको हेलिकप्टरबाट उद्धार गरि सुर्खेत लगिएको हो।

शल्यक्रियाबाट बच्चा जन्माएको दुई दिनपछि थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको सल्यान जिल्ला अस्पतालका डा. भीमकान्त जैसीले जानकारी दिए।

अचानक अक्सिजन कम भई अप्रेशन पछिको जटिलता वा फोक्सोको रोग हुन सक्ने भएकाले उनलाई सुर्खेत पठाइएको जैसीले बताए

Next Post

अब लामो र छोटो दूरीमा सबै यातायात सञ्चालन गर्न पाइने

७ श्रावण २०७८, बिहीबार १७:३१
सुर्खेत । अब लामो र छोटो दूरीमा सबै यातायात सञ्चालन गर्न पाइने भएकाे छ ।  गृह मन्त्रालयले लामो तथा मध्यम दूरीका सवारीसाधन सञ्चालन अनुमति दिन सबै जिल्ला प्रशासन कार्यालयहरूलाई आदेश दिएको हाे। सवारीसाधन सञ्चालन गर्ने आवश्यक सहजीकरण गर्न ४ गते मन्त्रीपरिषदले लिखित पत्र मन्त्रालयलाई पठाएपछि मन्त्रालयले आदेश दिएको छ । […]