कर्णालीमा बजेट कार्यान्वयन गर्न माओबादी केन्द्रले बनायो समिति, जिम्मेवारीको टुंगो लागेन

  ।   ६ श्रावण २०७८, बुधबार ०७:२८

सुर्खेत । कर्णाली प्रदेशसभाको गठनदेखि प्रदेशसभा र सरकारले गरेका काम कारवाहीबारे छलफल गर्दै नेकपा माओबादी केन्द्रले विभिन्न संयोजन समिति बनाएको छ ।

कर्णाली सरकारको बजेट कार्यान्वयन प्रभावकारी बनाउनुका साथै सरकारलाई काममा रचनात्मक सुझाव सहित खवरदारी गर्न विभिन्न संयोजन समिति बनाईएको हो । तर समिति नेतृत्वको जिम्मेवारी कसलाई दिने भन्ने माओबादी केन्द्रले अँझै टुंगो लगाउन सकेको छैन ।

नेकपा माओबादी केन्द्र, कर्णाली प्रदेश सभा दलको कार्यालयले आज पत्रकार सम्मेलन मार्फत प्रेस विज्ञप्ती जारी गर्दै बजेट कार्यान्वयन प्रभावकारी बनाउन संयोजन समिति बनाएको जनाएको छ ।दलका प्रमुख सचेतक ठम्मरबहादुर बिष्टको हस्ताक्षरमा जारी विज्ञप्तीमा बजेट कार्यान्वयनलाई प्रभावकारी ढंगले अघि बढाउन दलमा प्रतिनिधित्व गर्ने सांसदहरुको संयोजकत्वमा विकास निर्माणसँग सम्बन्धित बिषय लगाएत सरकारलाई सुझाब प्रदान गर्न विभिन्न संयोजन समिति गठन गरिएको उल्लेख छ ।

जसमा पूर्वाधार, मुख्यमन्त्री रोजगार, दलित, महिला, लक्षित वर्ग समुदाय, अल्पसंख्यक, लोपोन्मुख, सीमान्तीकृत, विपन्न वर्ग समुदाय, राउटे समुदाय, बजेट अध्यावधिक र कोभिड-१९ महामारी जस्ता बिषयगत समिति बनाएको हो । तर समिति निर्माण गरेपनि संयोजकमा जिम्मेवारी तोक्न बाँकी नै रहेको सचेतक बिष्टले बताए ।

Next Post

नवीकरण नगरेकै कारण अनलाइन सञ्चारमाध्यमको दर्ता खारेज नहुने

६ श्रावण २०७८, बुधबार ०७:२८
काठमाडौं । सूचना तथा प्रसारण विभागले नवीकरण नगरेकै आधारमा अनलाइन सञ्‍चारमाध्यम दर्ता खारेजी र सञ्‍चालनमा रोक नलगाउने भएको छ। विभागले सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो। यसअघि अनलाइन सञ्‍चारमाध्यम सञ्‍चालन निर्देशिका, २०७३ को उपदफा ९३० बमोजिम विभागले अनलाइन सञ्‍चारमाध्यमलाई दिँदै आएको सेवामा रोक लगाउन खोजेको थियो। विभागको सो कदमविरुद्ध सर्वोच्च अदालतमा […]

सम्बन्धित