१० वर्ष कैद सजाय तोकिएका फरार अभियुक्त पक्राउ

  ।   ५ श्रावण २०७८, मंगलवार ०७:२४

सुर्खेत । जबर जस्ती करणी मुद्दामा १० वर्ष कैद फैसला भएका एक फरार अभियुक्त पक्राउ परेका छन् । साबिक कल्याण गाउँ विकास समिति– ८ घर भई हाल वीरेन्द्रनगर नगरपालिका–१ बस्ने ३७ वर्षीय मदन बि.क.लाई सुर्खेत प्रहरीले पक्राउ गरेको हो ।

जबरजस्ती करणी मुद्दामा सुर्खेत जिल्ला अदालतको २०७४ कार्तिक २८ गते बि.क.लाई १० बर्ष कैद फैसला गरेको थियो । फैसला कार्यान्वयन लागि प्रहरीले थालेको विशेष अभियान अन्तरगत आज उनी रहेको घरबाटै पक्राउ गरिएको सुर्खेत प्रहरीको भनाई छ ।

Next Post

सात वर्षदेखि त्रिपालमै सुर्खेतका बाढीपहिराे विस्थापित

५ श्रावण २०७८, मंगलवार ०७:२४
सुर्खेत । नरबहादुर रोकायाको पालमा बास भएको ७ वर्ष बित्यो । भन्छन्, ‘अपांग छु, दुइटै खुट्टा छैनन्, कसरी पालिने होला ?’ २०७१ साउन अन्तिम साताको बाढीपहिरोले घरबारविहीन भएपछि पालमा ओत लागेर कष्टपूर्ण जीवन बिताउन बाध्य रोकाया एक्लो होइनन्, उनीजस्ता सयौं बाढीपीडित छन् । बाढीले २४ जनाको मृत्यु भयो । ९१ जना बेपत्ता भए । उनीहरूलाई समेत […]