बर्दियामा बाघको आक्रमणमा परी एकको ज्यान गयो

बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका ६ मोतिपुरमा आज बिहान बाघको आक्रमणबाट ज्यान गुमाएका एक पुरुषको शव फेला परेको छ। ठाकुरबाबा नगरपालिका ६ मोतिपुर ओराही नजिक शव भेटिएको हो।

मोतिपुर निवासी ६६ वर्षका गोरे थापा हिजो भैंसी चराउन नजिकैको सामुदायिक वनमा गाएको र बेलुकासम्म घर नफर्किएपछि घर परिवारले खोजतलास गरेको र नभेटेपछि खोजतलासको लागि नजिकै रहेको बर्दिया राष्ट्रिय निकुञ्जमा जानकारी गराए पश्चात प्रहरी, नेपाल आर्मी र बर्दिया राष्ट्रिय निकुञ्जका हात्ती सहितको कर्मचारी र स्थानीय बासिन्दाको संयुक्त टोलीले खोज तलास गरेको थियो।

खोज तलासको क्रममा आज बिहान ८ बजे ठाकुरबाबा नगरपालिका ६ ओरहीखोला पुलदेखि अन्दाजी करिब ५ सय मिटर पर बाँध नजिक लास भेटिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए । वन्यजन्तुको आक्रमणमा परी स्थानीयको ज्यान गएकोमा प्रमुख संरक्षण अधिकृत श्रेष्ठले दुःख व्यक्त गरे ।

सम्बन्धित शीर्षक