स्व. दीपबहादुर’ स्मृति पत्रकारिता पुरस्कार लक्ष्मी न्यौपानेलाई

डीबी बुढा,जुम्ला ।
स्व. दीपबहादुर स्मृति प्रतिष्ठान, तातोपानी–६ जुम्लाद्वारा सञ्चालित ‘स्व. दीपबहादुर स्मृति क्रियाशील पत्रकारिता पुरस्कार २०८१’ पत्रकार लक्ष्मी कन्य न्यौपानेलाई प्रदान गरिने भएको छ ।
प्रतिष्ठानका अध्यक्ष शुभाकर विश्वकर्माको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष पूर्णप्रसाद चोलागाईंको उपस्थितिमा बसेको बैठकले न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।
रेडियो नारी आवाज जुम्लाकी स्टेशन म्यानेजर तथा समाचार सम्पादकसमेत रहेकी न्यौपानेले एक दशकदेखि पत्रकारितामा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन । उनलाई १० हजार रुपैया“ राशीको पुरस्कार आगामी कार्तिक महिनाको १ गते विशेष समारोहबीच प्रदान गरिने प्रतिष्ठानले जानकारी दिएको छ ।
यस पुरस्कारमार्फत हरेक वर्ष कर्णाली क्षेत्रका क्रियाशील पत्रकारलाई सम्मान गरि“दै आएको छ । यसअघिका तिनजना पत्रकारहरू पनि यो पुरस्कारबाट सम्मानित भइसकेका छन् । न्यज सरोकार अनलाइन पत्रिकाको सञ्चालक समेत रहेकी न्यौपाने यस अघि नेपाल पत्रकार महासंघ जुम्लाद्धारा प्रदान गरिने गौरी पदम स्मृति पत्रकारीता पुरस्कारबाट पनि पुरस्कृत भएकी थिइन । उनी पत्रकारसंगै महिला अधिकारकर्मीमा रुपमा समेत परिचित छिन ।

सम्बन्धित शीर्षक