स्थापना दिवसकाे अबसरमा मृगौला पिडितलाई कम्बल वितरण

नेपाल  रेडक्रस  साेसाइटीकाे ६३ ओैं स्थापना दिवशकाे अवसरमा मुगुको  खत्याड गाउँपालिका  २ कि  जीरकला भियाललाई कम्बल वितरण गरिएको छ ।

कर्णाली  स्वास्थ्य  विज्ञान  प्रतिष्ठानमा मृगौलाकाे डायलासिस गर्दै आएकी भियाल जुम्लामा डेरा गरेर बस्दै आएकाे भएपनि उहाँलाई ओढ्ने, ओछ्याउने कपडाको  अभावका बिच  दिन बिताउन गार्‍हो  भएको  हुनाले २ वटा कम्बल र १ वटा म्याड नेपाल रेडक्रस  साेसाइटी जुम्लाका सभापति लाेकदर्शन श्रेष्ठले  हस्तान्तरण  गर्नु भएको  हाे ।

व्यक्तीगत रूपमा उहाँलाई  एक हजार रूपैयाँ  समेत उहाँले प्रदान गर्नु भएको  छ ।

पिडित भियालले उपचार गर्दागर्दै  आफुसँग भएको  सबै  पैसा सकिएकाे हुनाले आफुलाई जुम्ला  बजारमा डेरामा बस्न  र खानाकाे लागि समेत समस्या  भएको  हुनाले मानवताकाे नाताले भए  पनि सहयोग  गरिदिन आग्रह  गर्नु भएको  थियाे ।

बिबिसी  जुम्लाका  सम्बादाता पत्रकार कृष्णमाया उपाध्यायकाे पहलमा मृगौला  पिडितलाई कम्बल वितरण  गरिएको  हाे ।

नेपालमा २०२० साल भदौ  १९ गते  नेपाल रेडक्रस  साेसाइटीकाे स्थापना भएको  हाे ।

मानवताकाे पक्षमा भन्ने  मुलनारा सहित  स्थापना  दिवश मनाईएकाे हाे ।

नेपाल रेडक्रस  साेसाइटीकाे ६३ ओैं स्थापना दिवसकाे अवसरमा  जुम्ला  बजारका विभिन्न  स्थानमा विपद पूर्व  तयारीकाे विषयमा सडक  नाटक देखाएकाे छ ।

नेपाल रेडक्रस  साेसाइटी जिल्ला  शाखा जुम्लाको  सहयाेगमा चन्दननाथ माध्यमिक  विद्यालयका विद्यार्थी हरूले नाटक प्रर्दशन गरेका हुन् ।

जुम्ला  बजारकाे कृष्ण  मन्दिर , जिल्ला  प्रशासन कार्यलय  अगाडि  र  जुम्ला  बसपार्कमा समेत  सडक नाटक देखाइएकाे नेपाल रेडक्रस  साेसाइटी जिल्ला  शाखा जुम्लामा कार्यरत कार्यक्रम  परियोजना  अधिकृत  ईश्वरा सुवेदीले जानकारी  दिनुभयो  । उहाँका अनुसार जुम्ला  शाखामा ओैपचारिक कार्यक्रम  पछि सडक  नाटक देखाउनुकाे साथै  विपन्नलाई कम्बल वितरण  गरिएको  हाे ।

सम्बन्धित शीर्षक