तुफान न्यौपाने
श्री चन्दननाथ माध्यमिक विद्यालय,खलंगाको ६३औं वार्षिक
उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।शनिबार का दिन एक भव्य समारोहका बीच विद्यालयको वार्षिककोत्सव तथा अभिभावक दिवस कार्यक्रम भएको हो।
चन्दननाथ माध्यमिक विद्यालयका प्रधानाध्यापक टंक महतले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विधालयकाे आन्तरीक आम्दानी १कराेड ७०लाख २४हजार ६५रूपैया रहेकाे छ ।यस्तै कुल आम्दानी ५कराेड २९लाख८१हजार ९सय ३६रूपैया बराबरको आय-व्यय भएको विवरण प्रस्तुत गर्नुभएको छ । पछिल्ला दिनहरूमा विद्यालयले आफ्ना शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरूमा सुधार गर्दै उत्कृष्ट विद्यालयका रुपमा नगरपालिकामा काम गर्दै आएको छ। यस्तै २०६३साल देखि १०+२तर्फकाे शिक्षा मानविकी विज्ञान विषयमा पठन पाठन र २०७३ सालबाट अंग्रेजी माध्यमबाट पठनपाठन गर्दै वि.स२०७४/०७५सालबाट सि टि ई भि टि अन्तरर्गत ३बर्षे बालि बिज्ञान र बन बिज्ञानका कक्षा समेत सञ्चालनमा आएको र १०+२ तर्फ वि.स २०७८साल देखि कानुन बिषय वि.स २०८०साल देखि लेखा विषयकाे पनि पठनपाठन गराउँदै आएकेा प्रधानध्यापक महतले बताउनु भयाे।
कक्षा १ देखि कक्षा ८ सम्म अध्यापन गरिने विद्यालयमा ७७१ जना छात्र र ८१८जना छात्रा गरी १५८९जना विद्यार्थीहरु अध्ययनरत रहेको प्राधानाध्यापक महतले बताउनुभयो ।
विद्यालयको वार्षिक उत्सव कार्यक्रममा आज जुम्ला चन्दननाथ नगरपालिका ५, जुम्लामा पिता कालु सिंह कठायत र माता मोतीपुरा कठायतकाे काेख बाट वि.स. १९८१ आषाढ १३ गते जन्मिएका अदन सिंह कठायतकाे सालिक अनावरण गरिएको छ ।
चन्दननाथ नगरपालिकाका प्रमुख राजु सिह कठायतकाे ब्यानर अनावरण तथा झन्डो तोलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुष्ण बहादुर राेकायाको अध्यक्षतामा भएको थियो। कार्यक्रममा विशिष्ट अतिथि नगर उपप्रमुख रामदेबि खडका रहनुभएको थियो ।













