चन्दननाथ नौमुडे सहकारीले वार्षिक कार्य समिक्षा र योजना तर्जुमा

लक्ष्मी न्याैपाने
चन्दननाथ नौमुडे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रत्येक वर्ष कार्य समिक्षा तथा आगामी वर्षको योजना तर्जुमा गर्दै आएको छ । जुम्लामा रहेका सहकारीहरूमध्ये फरक शैलीमा यो सहकारीले कार्यसमिक्षा र योजना निर्माण गर्ने गरेको छ । व्यवस्थापक श्रीकृष्ण आचार्यका अनुसार तर्जुमा गरिएका योजना साधारणसभामा पेश गर्ने र साधारणसभाले अनुमोदन गरेपछि मात्र कार्यान्वयनमा आउने गरेको बताउनु भयो । सहकारीको नियम अनुसार हरेक वर्ष योजना तर्जुमा कार्यमा सञ्चालक समिति, सहकारीसँग आवद्ध व्यक्ति तथा पत्रकारहरुको सहभागिता रहने गरेको बताउनु भयो । आगामी वर्ष २०८२÷०८३ का लागि योजना तर्जुमा गरिएको छ । उक्त सहकारीले आगामी वर्ष ६६ लाख २१ हजार आम्दानी गर्ने र ६२ लाख ४२ हजार ४ सय रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको छ । यस्तै, सहकारीले ३ लाख ७८ हजार ६ सय रुपैयाँ खुद नाफा गर्ने उद्देश्य राखेको आचार्यको भनाइ छ । गत वर्ष उक्त सहकारीले ५७ लाख ८ हजार आम्दानी गरेकोमा ५६ लाख १ हजार ५ सय रुपैयाँ खर्च गरेको छभने १ लाख ६ हजार ७ सय रुपैयाँ खुद नाफा गरेको छ । सहकारीको कुल पुँजि ५ करोड ५८ लाख ७४ हजार २ सय ८ रुपैयाँ रहेको अध्यक्ष तिर्थसिंह कठायतले बताउनु भयो । ११ सय १० जना शेयर सदस्य मध्ये ६ सय ४५ जना महिला र ४ सय ६५ जना पुरुष रहेका छन् । सहकारीले शेयर लगानि ९४ लाख ९४ हजार गरेको छभने ५ करोड १२ लाख ७३ हजार रुपैयाँ ऋण लगानि गरेको उहाँले बताउनु भयो । ८० प्रतिशत ऋण असुलि गरेको कठायतले बताउनु भयो । सदस्यको बचत ४ करोड १० लाख ९२ हजार ६ सय ५२ रुपैयाँ रहेको छ । संस्कापद ऋण कोष व्यवस्थापनमा १२ लाख रहेको अध्यक्ष कठायतले जानकारी गराउनु भयो । समिक्षा तथा योजना तर्जुमा गोष्ठिमा जिल्ला बचत संघका अध्यक्ष धनजित बुढा, पूर्व अध्यक्ष मीनवहादुर डाँगी, चन्दननाथ नौमुडे बचता तथा ऋण सहकारी संस्थाका पूर्व अध्यक्ष जयराज भारति, निवर्तमान अध्यक्ष खगेश्वर आचार्य र उपाध्यक्ष तिलक प्रसाद न्यौपानले सहकारीका विषमया मन्तव्य राख्नु भएको थियो । वक्ताहरुले चन्दननाथ नौमुडे सहकारी संस्थाले जुम्ला जिल्लाकै सहकारीहरु मध्ये राम्रो काम गरेको बताएका छन् । जुम्लामा सहकारी विकास बैँक आवश्यक रहेको उहाँहरुको भनाइ छ ।

सम्बन्धित शीर्षक