तरकारी खेतीबाट आत्मनिर्भर बनेकी प्रेमलक्ष्मी
लक्ष्मी न्याैैपाने
जिल्ला चन्दननाथ नगरपालिका वडा नम्बर १० की प्रेमलक्ष्मी न्यौपाने तरकारी खेती गर्छिन् । उनले तरकारी खेती गरेरै घर खर्च चलाउनुका साथै छोरालाई उच्च शिक्षा पढाउन सफल भएकी छन् । गाउँमा रोजगारी छैन । उत्पादन छैन । भविष्य छैन भन्दै विदेशीने यूवाको संख्या बढीरहेको बेला उनले श्रम गरेरै आत्मनिर्भरताको सन्देश दिएकी छन् ।
प्रेमलक्ष्मी तरकारी बेचेर बेसिजन (हिउँद)मा करिब ४० हजार र सिजन (वर्खा)मा झण्डैे दुईलाख ५० हजारभन्दा बढी आम्दानी हुने बताउँछिन् । उनले भनिन्,‘परिवारको आम्दानी हुने स्रोत केहि छैन । २०७९ सालबाट तरकारी खेती गरेपनि व्यवसायिक खेती सुरु गरेको करिब तीन वर्ष भयो । तर यो अवधिमा कमाई राम्रो भएको छ । पहिला परम्परागत खेती गर्थेउ । अहिले किर्डाकले सिप र प्रविधि दुबै दिएपछि तरकारी खेती फष्टाएको छ ।’
अहिले तिते करेली अगबरे खुर्सानी लगाएतका तरकारी खेतीलाई विस्तार गरेको जानकारी दिइन् । किर्डाक नेपालले सिप दिनुका साथै झण्डै १६ हजारको लागतमा टनेल हाउस बनाएपछि व्यवसायिक तरकारी खेती गर्न सहज भएको उनले बताइन् ।
उनका अनुसार गत वर्ष प्याज र अन्य तरकारी उत्पादन गरेको र अन्य सबै खाले तरकारी नियमित उत्पादन भईरहेको छ । उनले आफूले तरकारी खेती मात्र गरेकी छैनन । आफ्नो जग्गामा टनेलमा तरकारी खेतीको प्रविधिबारे र बिउका बेर्ना कसरी राख्ने बिषयमा तातोपानी र गुठीचौरका महिलालाई समूह गत रूपमा सीपपनि सिकाउने गरेको न्यौपाने बताइन् ।
न्यौपानेले पछिल्लो समय तालिम पाएपछि खेती गर्दा विउ छनोट,मलजलमा ध्यान दिनु पर्ने कुरामा सचेत भएको बताइन् । अहिले घरमै जैविक मल समेत उत्पादन गर्न सिकेको जानकारी दिइन् । किर्डाक नेपाल जुम्लाले सिप र प्रविधि दुबै दिएपछि तरकारी खेती गर्न थालेका छन् । यस्तै तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । सिप र प्रविधि पाएपछि आफ्नै गाउँमा व्यवसायिक तरकारी खेती गरेर महिला आत्मनिर्भर बन्न थालेका हुन् ।वल्ड भिजन ईन्टरनेश्नल नेपालकाेआथिक सहयाेग र किर्डाक नेपाल सहजिकरण काम गरिरहेकाे छ।













