प्रकृति चौलागाँई
साउन २७, जुम्ला ।
बैशाखबाट शैक्षिक शत्र शुरु भएपनि यस वर्ष शिक्षक आन्दोलनका कारण कोर्श नसकिने समस्याले चिन्ता लागिरहेको विद्यार्थीहरुले बताएका छन् । अहिले सम्म गणित विषयको पढाई हुनु पर्ने अनुसार अगाडी बढ्न नसकेको जुम्लाको चन्दननाथ माध्यामिक विद्यालयमा अध्ययनरत छात्रा सुजता काफ्लेले बताएकी छन् । उनले भनिन्, गणित विषय मात्र होइन अन्य विषयको पनि गत वर्ष भन्दा यो वर्ष धेरै कम पढाइ भइरहेको छ ।
यो समस्या चन्दननाथ माध्यामिक विद्यालयमा मात्र होइन जिल्लाका सबै सामुदायिक विद्यालयमा रहेको छ । यसको लागि स्थानिय तहका शिक्षा शाखाहरु मार्फत समयमा कोर्श सक्नको लागि निर्देशन गरिएको चन्दननाथ नगरपािलकाको यूवा खेलकुद तथा शिक्षा शाखाका प्रमुख खडानन्द चौलागाँईले बताए ।
उनले भने आधा दिनमा पढाई हुने शुक्रबारको दिनमा पनि पुरै समयमा पढाएर अथवा वैकल्पीक कक्षा सञ्चालन गरेर भएपनि समयमा कोर्श सक्ने विषयमा पहल भइरहेको छ । यसको लागि नगरपािलका भित्र रहेका १९ वटै सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई समयमा कोर्श सक्ने विषयमा वैकल्पीक कक्षा सञ्चालन गरेर भएपनि वार्षिक परिक्षा सम्म कोर्श सक्ने विषयमा जानकारी भइसकेको चौलागाँईले बताए ।
शिक्षा शाखाले गरेको निर्णय र विद्यालय आफैले गरेको निर्णयको आधार विद्यार्थीहरुको पठनपाठनलाई निरन्तरता दिदै आएको चन्दननाथ माध्यामिक विद्यालयका प्रधानाध्यापक टंक बहादुर महत बताए । उनले शिक्षक आन्दोलनको कुनै पनि उपलब्धी भएन तर यता विद्यार्थीको पढाईमा मात्र अबरोध आएको हुनाले अहिले पश्चाताप मात्र भइरहेको छ ।













