लक्ष्मी न्याैपाने
कृषि विकास कार्यालय जुम्लाले यसवर्ष कृषि उत्पादन बृद्धिका लागि सिँचाई सुविधा विस्तार गर्ने लक्ष्य सहित ६४ वटा साना सिँचाई योजना निर्माण गरेको छ । विनियोजन भएका कल ६८ वटा सिँचाई कूला छनाेट भएपनि दुई वटा सम्झौतानै हुन सकेनन् । भने दुई वटा सम्झौता भएपनि कार्यान्वयन भएनन् ।
एैरेनीको ज्यूलोमा कृषि विकास कार्यालय जुम्लाले साढे ४ लाख लगानीको ११४ मिटर लामो पक्की कूलो निर्माण भएको छ ।
शनिवार उक्त सिँचाई कूलोको अनुगमन संयुक्त अनुगमन समेत गरिएको छ । अनुगमनकै क्रममा खेतमा भेटिएका किसान नेत्रराज न्याैपाने र कमलराज धितालले पक्की सिँचाई कुलो निर्माण निकै राहत भएको बताएका हुन् ।
चार लाख देखी ५ लाख सम्मका ६४ वटा सिँचाई योजना जिल्लाका आठै पालिकामा निर्माण भएको कृषि विकास विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । ६४ वटै सिँचाई कुरा निर्माण सम्पन्न भईसकेका छन् । केही बाहेक सबैको अन्तिम भुक्तानी पनि दिइंसकेका छौ ।
कृषि विकास कार्यालयले जिल्लाभरी निर्माण गरेका सिँचाई कुला लगायत अन्य कार्यक्रमको संयुक्त अनुगमन थालिएको छ । आर्थिक वर्ष २०८१/८२ मा संचालन गरेका याेजना तथा कार्यक्रमकाे प्रभावकारीताबारे सराेकारवालाकाे संयुक्त अनुगमन थालेकाे हाे ।
जस अन्तरर्गत शनिवार तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाका ६ वटा ठाउँमा सिँचाई कूलो,यूवा लक्षित कार्यक्रम तथा व्यवसायीक प्याज खेतीको अनुगमन गरिएको थियो । यस्तै
उनले भने,‘सम्पन्न योजना तथा कार्यक्रमहरुको सयुक्त अनुगमन सुरु गरेका छौ । पहिलो दिन तातोपानी र चन्दननाथमा सम्पन्न भयो । सिँचाई सुविधा विस्तार गरी उत्पादन बढाउने र किसानको आयस्तरमा सुधार ल्याउने लक्ष्य सहित काम भईरहेका छन् ।’
यस वर्षमा मात्रै करिब ३ करोड १८ लाख बढीका ६८ वटा साना सिँचाई छनोट भएका थिए । पालिकागत रुपमा हेर्दा साना सिँचाई कूलो सबैभन्दा बढी तातोपानी गाउँपालिकामा निर्माण भएका छन् ।
तथ्यांकनुसार तातोपानी गाउँपालिकामा ७२ लाखका १६ वटा सिँचाई कुला निर्माण भएका छन् । त्यस्तै चन्दननाथ नगरपालिकामा ५२ लाख लागतका ११ वटा,तिला गाउँपालिकामा ३५ लाख ५० हजार लागतका ८ वटा योजना निर्माण भएका छन् ।
त्यस्तै,हिमा गाउँपालिकामा ६१ लाख लगानीमा १३ वटा,सिंजा गाउँपालिकामा २४ लाख लागतका ५ वटा,कनकासुन्दरी गाउँपालिकामा ३८ लाख ५० हजार लागतका ८ वटा सिँचाई कुला निर्माण भएका छन् ।
साथै जुम्लाकै अन्न भण्डार भनेर चिनिने पातारासाी गाउँपालिकामा ५ लाखको एउटा मात्रै सिँचाई कूलो निर्माण भएको छ । भने गुठिचौर गाउँपालिकामा २९ लाख लगानीमा ६ वटा सिँचाई कुला निर्माण भएको कृषि विकास कार्यालय जुम्लाको तथ्यांक छ ।
यस वर्ष निर्माण भएका ६४ सिँचाई कूलाले जिल्लाको ६ सय ६० रोपनी अर्थात ३३ हेक्टर क्षेत्रफल जमिनमा सिँचाई सुविधा विस्तार हुने अनुमान गरिएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख अधिकारीले उल्लेख गरे ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले अभाव र आबश्यकतालाई मध्यनजर गरी गाउँ गाउँमा निर्माण भएका सिँचाई कुलाले किसानलाइ राहत दिलाएको बताए । मर्मत संभारमा समस्या हुने देखिएकोले एक बनेका संरचनालाई संरक्षण गर्न तर्फ समेत अनुगमनका क्रममा किसानलाई सुझाव समेत दिए ।
जुम्लाको सबै क्षेत्र कृषिका लागि उर्वभर भूमिका समनव्य प्रमुख आर्चायले भने,‘सिँचाई असुविधाले जुम्लाको धेरै भूमि बाँझो छ । यसरी गाउँमा गाउँमा सिँचाई सुविधा विस्तार हुनुले उत्पादन बढ्ने र किसानलाई राहत पुग्ने अपेक्षा छ । यदपी,कुनै पनि योजनाको दिगो संचालन र व्यवस्थापन चुनौती पूर्ण बनेका त्यसतर्फ ध्यानदिन जरुरी छ ।’













