अर्गानिक तरकारी  खेतिमा रमाउदै तलिचाैरका महिला

लक्ष्मी न्यौपाने

चन्दननाथ नगरपालिका वडा न १ तलिचाैरका महिलाले अर्गानिक तरकारी  खेतिमा रमाउन थालेका छन महिलमहिलाले व्यावसायिक तरकारी खेतीमा पुरुषले जस्तै महिलासमेत मनग्य आम्दानी गर्न सक्दछन् भन्ने कुरा चन्दननाथ नगरपालिका वडा न १तलिचाैरका   महिलाले उदाहरण पेश गरेका छन् । उनीहरुले पनि पुरुष समान व्यावसायिकरुपमा नै तरकारी खेती गरेर मासिक  रु बीस हजार चन्दननाथ नगरपालिका  वडा न एक तलिचाैरका महिला दिदिबहिनी हरू समुहगत रूपमा  व्यावसायिक तरकारी खेतीबाटै बार्षिक रु एक लाख बढी कमाउँदै आएका छन् । व्यावसायिक कृषकको गर्विलो परिचय नगरपालिका मा  बनेको छ । त्यस्तै  जिल्लाकोचन्दननाथ नगरपालिका –१ तलिचाैरका दिदिबहिनी ले  वर्षदेखि व्यावसायिक कृषि गर्दै आएकी आएकि छन ।

 

चन्दननाथ नगरपालिका वडा न१ प्रगतिसिल आलु पाठशाला समुहकि  तलिचाैरकि दिप्तिका हमाले। तरकारीखेतिको रेखदेखमै वित्छ । पहिलो पटक गाउँका महिलाहरुले सामुहिक रुपमा तरकारी खेति गरेपछि उनी निकै व्यस्त छिन् । उनका अनुुसार तरकारीको सामुहिक खेति भएपनि उत्पादन व्यक्तिगत हुनेछ । तरकारी खेतिबाट महिलाहरुको आर्थिक अवस्था बलियो हुदैं जानेमा उनी विश्वस्त छिन ।यो समयमा तरकारीबारीमा काउली, बन्दा, गोलभेडा,आलु, गाँजर, मुला ,फर्सी र प्याजले हरियाली छ । तरकारी बेचेर लाखौं रुपैयाँ आम्दानी गर्ने महिलाहरुको योजना छ । गत बर्षहरुमा जौं, गहुँ र धानखेति खेती भइरहेको खेतबारीमा अहिले तरकारी फलेका छन ।

, ‘

यस्तै  प्रगतिसिल आलु पाठशाला तलिचाैर  जुम्लाकि पुष्पा रावतले  यो अहिले  थप व्यवसायिक र आधुनिक तबरले तरकारी खेति गर्न थालेकी छिन । बिगतमा आफुलाई चाहिने मात्रै तरकारी फलाइरहेकी थिए,पुष्पाले भनिन्, ‘अहिले ताजा तरकारी बजार सम्म पु¥याउने जमर्को थालेकी छु ।  बजारहरुको मागको आधारमा तरकारी फलाउन सुरु भएको छ । ‘तरकारी खेति गरेर घरपरिवारसंग खर्च माग्नुपर्ने अवस्थाको अन्त्यहोस भन्ने चाहना छ,उनले भनिन् ।’पहिले तरकारी खरिद गरेर ल्याउने चलन थियो । अहिले तरकारी बेच्न लैजाने भएका छौं,उनले भनिन्, ‘तरकारीखेतिमा लगानी गरेर फाइदा नै छ ।’ तलिचाैरका  महिलाहरु आर्थिक रुपमा सबल छन । सामान्य घरखर्चको लागि श्रीमानसंग रुपैयाँ माग्नुपर्ने अवस्था छैन । । गोठे मल र गाई भैसीको पिसाव संकलन गरेर तरकारी बारीमा हाल्ने गरेकोले पनि निकै राम्रो फलिरहेको छ । गोठ सुधारको कार्य चलिरहेको छ । महिला समुहका सदस्यहरु गाई,भैंसीको पिसाव संकलनमा जुटेका छन ।  पेस नेपाल जुम्ला यूएनडीपीको रेरास  साझेदारिमा सन्चालित कृषि खाद्य प्रणालीको लागि नवीकरणीय उर्जा परियोजना अन्तरगत तलिचाैर गाउँमा तरकारी खेती भइरहेको पेस नेपाल जुम्लाका परियोजना संयोजक हरि शर्माले बताए । उनका अनुसार किसानहरु व्यवसायिक तरकारी खेतिमा हौसिएका छन ।खाद्य तथा पोषण स्तरमा सुधार गर्ने, विषादी रहित अर्गानिक तरकारी उत्पादन गर्ने,गोठ,तथा भकारो सुधार गर्ने,जैविक विषादी निर्माण गर्ने लगायतका कामहरु  तलिचाैरका चलिरहेका छन । व्यवसायिक रुपमा तरकारीखेति गरिएकोले सहजै रुपमा अवलोकन गर्न सकिन्छ । अहिले हरेक बारीमा प्लाष्टिक टनेल राखिएकोछ । सिचाइँका लागि ड्रमहरु दिइएको छ ।

तलिचाैरका  २५ जना महिलाहरुले सामुहिक रुपमा तरकारी खेति प्रारम्भ गरेका हुन

 

सम्बन्धित शीर्षक