सिंजाका १९ जनालाई डकर्मी तालिम

सिंजाका १९ जनालाई डकर्मी तालिम
लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्ला सिंजा गाउँपालिकाका १९ जना स्थानीयलाई डकर्मी तालिम प्रदान गरिएको छ । पेस नेपाल जुम्ला,कारीतास जर्मनी,कारीतास नेपाल र सिंजा गाउँपालिकाको आर्थिक सहयोगमा मानवीय सहायता तथा विपद् पुर्वतयारी उत्थान परियोजना अन्र्तगत ८ महिला र ११ जना पुरुषलाई डकर्मी तालिम दिइएको हो ।
उनीहरुलाई भुकम्प प्रतिरोधी जलवायु अनुकुल चुना मिश्रित सुधारिएको माटो प्रविधिबाट आवास निर्माण बारेमा तालिम प्रदान गरिएको हो । तालिम जेठ महिनाको ५ देखि ११ गते सम्म चलेको थियो ।
सिंजा गाउँपालिकाको कार्यबहाक अध्यक्ष सितली रोकायाले तालिमको उद्घाटन गर्दै दक्ष जनशक्ति उत्पादन गर्न यो डकर्मी तालिम उदाहरणीय हुने बताइन । तालिममा प्रमुख प्रशासकीय अधिकृत विशेष अतिथी,वडाध्यक्षहरु हरीनन्द आचार्य,रन्जित बुढा,कृष्णबहादुर बुढा,विपद् शाखा ्रमुख दीपराज रोकाया समेत अतिथीको रुपमा उपस्थित थिए । तालिमको सहजीरकण कारीतास नेपालका प्रशिक्षक नरेन्द्रबहादुर केसीले गरेका थिए ।
भुकम्प प्रतिरोधात्मक जलवायु अनुकुल चुना मिश्रित सुधारिएको माटो सम्बन्धि विशेषज्ञ इन्जीनियर रुपेश श्रेष्ठले पनि प्रशिक्षण दिएका थिए ।

सम्बन्धित शीर्षक