लक्ष्मी न्याैपा
“विहेवारी २० वर्ष पारी हामी सबैको ऐक्यबद्धता बाल विवाह मुक्त हिमा गाउँपालिकाको प्रतिबद्धता” भन्ने मुल नाराका साथ जुम्लाको हिमा गाउँपालिका लाई कर्णाली प्रदेशकै पहिलो बाल विवाह मूक्त पालिका घोषणा गरिएको छ । संघकी सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीकाे प्रमुख आथित्यमा हिमा गाउँपालिका लाई कर्णाली प्रदेशकै पहिलाे बाल बिवाहा मुक्त पालिक घाेषणा गरिएको हाे ।
नेपालको मुलकी देवानी संहिता, २०७४ ले विवाह गर्ने न्यूनताम उमेर २० वर्ष तोकेको छ । बाल विवाह अन्त्यका लागि कम उमेर बाल विवाह गर्ने गराउनेलाई दाण्ड सजायको व्यवस्था समेत गरेको छ । राष्ट्यि राण्निति २०७२ ले सन् २०३० सम्ममा नेपालमा बाल विवाह अन्त्य गर्ने लक्ष्य अनुरुप हिमा गाउँपालिका लाई बाल विवाह मुक्त पालिका घोषणा गरिएको हिमा गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका उपाध्यक्ष लक्ष्मण बहादुर शाहले बताए ।
हिमा गाउँपालिकामा २० वर्षमुनिका कुनै पनि बालबालिकाको विवाह नभएको र अब उपरान्त यसलाई निरन्तरता दिने भनी स्थानीयवासी र सरोकारवालाहरूको प्रतिबद्धता जनाएर पलिकालाई बालविवाह मुक्त घोषणा गरिएको अध्यक्ष शाहीले बताए ।
उनले भने, ” हिमा गाउँपालिकाले चालेका कदम लाई पालिकाका सम्पूर्ण बासिले अहिले सम्म पालना गरेका छन् । अबका दिनमा पनि पालिकाले गरेका सबै नियमकाे पालना गर्नु पर्ने बताए ।
गाउँपालिका अध्यक्ष शाहीका अनुसार, बालविवाह मुक्तका लागि सबै सूचकहरु पुरा गरी बालविवाह मुक्त पालिका घोषणा गर्न सबैले आफ्नो स्थानबाट सहयोगको गरेकाले पालिकाका सम्पुर्ण नागरिक प्रति आभारी भएको बताए ।
यस्तै कार्यक्रमका प्रमुख अतिथि संघकी सरकारका महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवल किशोर शाह सुडीले संविधान र कानुनले बन्देज गरेको अवस्थामा उमेर नपुगी गरिने विवाहलाई अवैधानिक तथा गैरकानुनी मानिने बताए । बाल विवाह रोक्न समाजका सबै पक्षको उत्तिकै दायित्व हुने उनको भनाइ छ ।
उनले भने, ” जुम्लाका हिमा बाहेक अन्य पालिकाका पनि बाल बिवाह हुन सक्छ , बाल विवाह गर्ने प्रवृत्ति लाई रोक्न सक्ने प्रणालीको विकास गरेमात्र बाल विवाह मुक्त घोषणाले सार्थकता पाउने मन्त्री शाह सुडीकाे भनाइ छ ।
घाेषणामा मात्र सिमित नराखेर पालिकाले व्यवहारमा पनि परिवर्तन गर्न मन्त्र शाहले सुझाव दिएका छन् । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अमरजंग शाहीले याे कार्यक्रम लाई घोषणामा मात्र होइन दीगो पन दिन जरुरी रहेको बताए । हिमा गाउँपालिकाका रहेका सबै राजनितीक दल , आम पालिकाका नागरिक, विभिन्न संघ संस्थाले पनि यसलाई साथ दिनु पर्ने बताए ।
उनले भने, पालिका हाम्रो हाे । यस पालिकामा रहेका सबै बालबालिका हाम्रा भविष्यका फुल भएकाले कलिला फुल बचाउने जिम्मा हामी सबैका दायित्व रहेकाे बताए । यस्तै हिमा गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रतन बहादुर शाहीले बालविवाह गर्नु कानुनी अपराध भएको बताउदै यसले बालबालिकाको शारीरिक, मानसिक तथा अन्य क्षेत्रमा समेत असर पुर्याउने भएकाले बालबिबाह हुन नदिन सबैको सहयोगको उतिकै खाचो रहने बताए ।
उनका अनुसार बिपन्न तथा विभिन्न कारणले बाल विवाह बढि हुने गरेको पाईएकाले पालिका भित्र बसाेबास गर्ने सबै नागरिक लाई सचेत गराएमा न्युनिकरण हुने धारणा राखे ।
कार्यक्रम हिमा गाउँपालिकाकाे आयोजना, प्लान ईन्टरनेष्नल नेपाल र पेस नेपालकाे सहयाेग र समन्वय , सुस्वा , आई,एन,एफ नेपालकाे सहयाेग तथा समन्वयमा पालिकालाई बाल बिवाह मुक्त घाेषणा गरिएको हाे ।













