विश्वकै अग्लो ठाउँ छुम जिउलोमा धान रोपाई

लक्ष्मी न्याैैपाने

विश्वकै अग्लो स्थान हिमाली जिल्ला जुम्लाको पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाको छुमचौर ज्युलोमा कालीमार्सी धान रोपिएको छ । २८ सय ५० मिटर अग्लो स्थानमा रहेको तथा गिनिजबुकमा रेकड कायम भएको छुम जिउलोमा कालीमार्सी धानको आईतबारका दिनमा एक कार्यक्रम गरी रोपिएको हो ।

 

कालीमार्सी धान संरक्षण तथा प्रबद्र्धनकर्ता स्थानीय कलिमान महताराका अनुसार २०१९ सालमा जग्गा दर्ता गरी २०२१ सालदेखि रोपाई सुरु गरिएको बताउनु भयो । पहिलो बल बहादुर महताराका पालामा चन्दननाथ मन्दिरको शेरा ज्युलोबाट धानको बेर्ना अर्थात बिउ ल्याएर यस छुम जिउलोमा धान रोपाई सुरु भएको हो ।

तर पछि धानबालीमा परिश्रम धेरै गर्नुपर्ने, घेराबारको व्यवस्था नभएको, सिंचाई सुविधा नभएको र धान रोपाई हुने सिजन र पाटनमा यार्सा संकलनको सिजन एउटै पर्ने भएकाले विस्तारै रोपाई गर्न छोडिएको स्थानीय महताराको भनाइ छ । कालीमार्सी धानको महत्वका विषयमा बुझ्दै गएपछि अहिले दुई सय रोपनीमा धान रोपेको उहाँले बताउनु भयो ।

कृषि बिकास कार्यालय जुम्लाको  आर्थिक सहयाेग  र  काली मासि धान  प्रवर्दन तथा संरक्षण केन्द्र पातारासि गाउँपालिका ३जुम्ला  आयोजनामा छुम जिउलोमा रोपाई गरिएको हो ।

 

सायक प्रमुख जिल्ला अधिकारी  मीन बहादुर रावल

 छुमचौर जिउलोलाई मार्सी धान फल्ने प्रमुख स्थानमध्ये एक मानिने गरेको बताउनु भयो ।

जुम्लाको रैथाने प्रजातिको रुपमा चिनिएको मार्सी धान र अग्लो स्थानको रोपाइँ हेर्न पर्यटक आउने वातावारण स्थानीय सरकारले बनाउनु पर्ने उहाँको भनाइ छ । छुम जिउलोलाई पर्यटनको आकर्षणको केन्द्र बनाउन धान रोप्ने प्रचलनलाई प्रथामिकताका साथ अघि बढाउनु पर्ने उहाँले बताउनु भयो ।

गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले

उक्त कार्यक्रममा बोल्दै  विश्वको अग्लो स्थान छुम ज्युलोमा रोपिएको कालिमार्सि धानको ब्राण्डिङ्गमा ध्यान दिनु पर्ने उहाँको भनाइ छ । कालिमार्सि धानको चाम लगायत अन्य परिकार अन्तराष्ट्रिय स्तरमा समेत पुराउन सक्नु पर्ने बताउनु भयो ।धान रोपाई तथा बाला झुलेको बेला बाह्य पर्यटक आउने व्यवस्थापन गर्न सकिएमा आन्तरिक स्रोत वृद्धि गर्न सकिने उहाँको भनाइ छ । धान खेती हेर्नकै लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई देखाउनकै लागि भएपनि छुम जिउलोमा धान रोपिएको उपाध्यक्ष रोकायाले बताउनु भयो ।

 

यस्तै

जिल्ला कुषि बिकास कार्यालय जुम्ला  का  निमित  कार्यालय प्रमुख  रामभक्त अधिकारीले  विश्वको अग्लो स्थानमा धान रोपाई हुनु जुम्लाको लागि गौरव भएको बताउनु भयो । उहाँका अनुसार छुमचौर ज्युलोमा फल्ने कालिमार्सि चामललाई विश्वका ठुला शहरमा पठाउने वातावारण बनाउनु पर्ने बताउनु भयो ।

 

भुमि समस्या समाधान आयाेगका जिल्ला समिति जुम्लाका विज्ञ सदस्य सुमन आर्चाय ले

विश्वको अग्लो स्थान छुम जिउलोमा धान फल्ने कुराले शंसारको ध्यान विश्वकै अग्लो ज्युलोमा धान फल्नु जुम्लाको लागि सौभाग्य भएको बताउनु भयो । उहाँले भन्नुभयो, खेति विस्तारमा जोड दिनु पर्छ ।

धेरै खेतहरुमा धान फलाउन छोडिएकाले खेतिमा जोड दिन उहाँले सुझाव दिनु भएको छ । धान खेतिमा दुःख भएपनि जुम्लाको गौरवसँग जोडिएकाले रोपाई नछोड्न आचार्यले अनुरोध गर्नु भएको छ ।

छुम जिउलाे राेपाईमा गाउँपालिका उपाध्यक्ष   जिल्ला स्तरीय सरकारि तथा गैर सरकारि कार्यालय जुम्ला का प्रमुख  वडा अध्यक्ष  स्थानीय र पत्रकारहरूकाे  सहभागीतामा राेपाई गरिएकाे थियोे

 

सम्बन्धित शीर्षक