जुम्लामा मंगलबारदेखि हिमाली संवाद सुरु

जलवायु परिवर्तनले पारेकाे असर त्यसबाट अनूकुलित हुनका लागि गर्नुपर्ने प्रयासका सबालमा छलफल गर्न जुम्लामा ‘हिमाली संवाद’ हुने भएकाे छ ।

आगामी जेठ २ गतेदेखि ४ गतेसम्म हुने सगरमाथा संवाद कार्यक्रममा हिमालका सवालहरुलाई समावेश गर्नका लागि जुम्लामा हिमाली संवादको आयोजना गरिएकाे हाे ।

जुम्लामा मंगलबारदेखि हिमाली संवाद सुरु हुने छ । बैशाख ९ र १० गते दुईदिन संचालन हुने संवादमा चार वटा सेसन संचालन हुने छन् । जहाँ जलवायू परिवर्तन तथा अनुकुलनका विषयमा विषय विशषज्ञ संग छलफल गरिने छ । भने जुम्ला घाेषणा पत्र समेत जारी गरिने किर्डाक नेपालका कार्यकारी निर्देशक गाेविन्द बहादुर शाहीले बताए ।

साेमबार साँझ आयाेजित पत्रकार सम्मेलनमा हिमाली संवादकाे सबै तयारी पूरा भएकाे जानकारी गराउँदै जुम्लाामा पहिलाे पटक भएकाे संवादलाई सफल बनाउन सबैलाई अपिल गरे ।

जलवायु परिवर्तनका कारण विशेष गरी हिमाली क्षेत्रमा देखिएको वातावरणीय असन्तुलन, हिउँको पग्लने दरमा वृद्धि, जैविक विविधता सङ्कट, तथा स्थानीय बासिन्दाको जीवनशैलीमा परेको प्रतिकुल असरका बारेमा समेत छलफल हुने छ।

उच्च पर्वतीय क्षेत्रका पछाडि परेका तथा पारिएका वर्ग, विषेशगरी बालबालिका, युवा, महिला दलित, अपाङ्गता भएका व्यक्तिहरूको नेतृत्वमा समुदायमा जलवायु परिवर्तनले पारेको प्रभाव, उनीहरूको वास्तविक भोगाई, जलवायु सङ्कटलाई सामना गर्न गरिएका स्थानीय प्रयास तथा अभ्यासका विषयमा छलफल केन्द्रित हुने छ ।

संवाद कार्यक्रममा बालबालिकाकाे सहभागितालाई बढी जाेड दिईएकाे छ । ओैपचारिक कार्यक्रम संचालन देखि प्यानलिष्ट छलफलमा पनि बालबालिकाकाे सहभागिता रहने ।हिमाली संवादलाई बालबालिकाे क्षामता तथा नेतृत्व विकासकाे माध्यमका रुपमा समेत हेरिएकाे छ ।

कर्णाली प्रदेशका १० वटा मध्य ८ वटा जिल्लाबाट सहभागी हुने छन् । दुईदिन सम्म चल्ने संवादमा करिब २ सय जना सहभागी हुने अनुमान गरिएकाे

सम्बन्धित शीर्षक