नेपाल पत्रकार महासंघको जुम्ला शाखा अध्यक्षमा पूर्ण प्रसाद चौलागाँईको पुरै प्यानल निर्वाचित भएको छ । शुक्रबार सम्पन्न निर्वाचनबाट अध्यक्षका निकटतम प्रतिद्वन्द्वी नेत्रबहादुर शाहीलाई तीन मतान्तरले पराजित गर्दै चौलागाँई अध्यक्षमा निर्वाचित हुनु भएको निर्वाचन समितिका संयोजक नरेन्द्रनाथ योगीले जानकारी दिनुभयो ।
महासंघका मतदाता संख्या ५४ मध्ये ५३ मत खसेको थियो । अध्यक्ष चौलागाँईले २८ मत ल्याउनु भएको थियो । उहाँका प्रतिस्पर्धी शाहीले २५ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक योगीले बताउनु भयो । जिल्ला कार्य समितिमा चौलागाँईकै प्यानलका उम्मेदवार निर्वाचित भएका छन् ।
खुला उपाध्यक्षमा नौरेते नेपाली निर्वाचित हुनुभ भएको छ । उहाँका प्रतिद्धन्द्धी दिलमाया शाही पराजित हुनु भएको छ । नेपालीले २९ मत प्राप्त गर्दा प्रतिस्पर्धि शाहीले २३ मत प्राप्त गर्नु भएको थियो । महिला उपाध्यक्षमा गीता शाही, सचिवमा प्रकाश उपाध्याय, कोषाध्यक्षमा सागर परियार, खुला सहचिवमा मानबहादुर कुँवर र समावेशी सचिवमा सरीता पराजुली यस अघिनै निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक योगीले बताउनु भयो ।
त्यस्तै सदस्यहरुमा मोहन शाही, टेक हमाल, सिता कुमाई,सपना रावत, सिवानी वि.क.,लक्ष्मी न्यौपाने र प्रभा भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । प्रेस सेन्टरबाट दुई अध्यक्ष उम्मेदवार भएपछि चौलागाईंलाई प्रेस युनियन र प्रेस चौतारीले समर्थन गरेको थियो । समाजवादी प्रेस संगठन र प्रेस सेन्टरले गठबन्धन गरेका थियो । निर्वाचित उम्मेदवारलाई शनिबार प्रमाणपत्र प्रदान गरिने निर्वाचन समितिले जनाएको छ ।