जुम्ला । जुम्लाकाे तिला गाउँपालिका साक्षर पालिका घाेषणा गरिएकाे छ । जिल्लाकै साताै पालिकाका रुपमा तिलालाई मंगलबार साक्षर पालिका घाेषणा गरिएकाे हाे । जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले तिलालाई साक्षर घाेषणा गरे । तिला गाउँपालिकाका ९५.४ प्रतिशत नागरिक साक्षर भएका छन् । दुई वर्षपहिले देखि पालिकाका ९ वटै वडाका सबै गाउँ गाउँमा पुगेर गरिएकाे घरधुरी सर्वेक्षण,साक्षर कक्षा संचालन लगायतका कार्यक्रम पछि ९५.४ प्रतिशत नागरिक साक्षर रहेकाे सुनिश्चितता भएपछि पालिकालाई साक्षर घाेषणा गरिएकाे तिला गाउँपालिका शिक्षा शाखा प्रमुख झनमाया खत्रीले बताईन् ।
उनका अनुसार साक्षर घाेषणाका लागि ताेकिएका १२ वटा सूचक मध्य ८० प्रतिशतभन्दा बढी उपलब्धी हासिल भएकाे छ । ताेकिएका १२ वटा सूचक मध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर पालिका घाेषणा गर्न सकिने प्रावधान रहेकाे छ । आफ्नाे नाम लेख्न सक्ने,घडि हेर्नसक्ने,माेबाईल चलाउन सक्ने,क्यालेण्डर हेर्न सक्ने,ट्राफिक नियम पालना गर्न सक्नेर एकदेखि १० सम्म गन्न सक्ने लगायतका १२ वटा सूचकमध्य ५० प्रतिशत सूचक पूरा भएमा साक्षर घाेषणा गर्न मिल्ने प्रावधान छ ।
तिला गाउँपालिकाकाे कूल जनसंख्या १४ हजार ५३९ रहेकाेमा १५ वर्षमाथि र ५९ वर्षमुनिका ८६७ जना नागरिक निरक्षर थिए । पालिकाले गरेकाे संचालन गरेकाे साक्षरता अभियानपछि ८२७ जना नागरिक साक्षर बनेका छन् । भने हाल तिलामा ४० जना नागरिक मात्रै निरक्षर रहेकाे तथ्यांकले देखाएकाे छ । कूल जनसंख्याकाे ९५.४ प्रतिशत नागरिक साक्षर भएकाे सुनिश्चित भएपछि साक्षर पालिका घाेषणा गरिएकाे तिला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टेक बहादुर बुढ्थापाले जानकारी दिए ।
उनले घाेषणा कार्यान्वयन र सामुदायिक शिक्षालाई प्रभावकारी बनाउन सबैले हातेमालाे गर्नु पर्ने उल्लेख गरे । तिलामा जम्मा ३१ वटा सामुदायिक विद्यालय रहेका छन् । साक्षर पालिका घाेषणा कार्यक्रममा तिला गाउँपालिका निवर्तमान अध्यक्ष रतननाथ याेगी,शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख लगायतका व्यक्तिकाे सहभागिता थियाे ।
तिला गाउँपलिका अध्यक्ष मोतिलाल रोकायाले समय विकास क्रमसंगै गाउँ घरमा चेतनाको विकास भएपछि साक्षर घोषणा सम्भव भएको बताए । घोषणा कार्यान्वयनलाई सफल बनाउन बाँकी थोरै निक्षर नागरिकलाई साक्षर बनाउन पालिकाले थप साक्षरता केन्द्रित कार्यक्रम गर्ने उल्लेख गरे । तिला संगै जुम्लाको गुठिचौर गाउँपालिका बाहेक सात पालिका साक्षर घोषणा भईसकेका छन्