जुम्लाको गुठिचाैर गाउँपालिका विहिबार साक्षर पालिका घाेषणा भएकाे छ । जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द आचार्य र पालिका अध्यक्ष दानवहादुुर बुढाले साक्षर पालिका घाेषणा गर्नु भएकाे हाे ।
गुठिचौर गाउँपालिकाको १५ देखि ६० बर्ष उमेरका ९५.७३ प्रतिशत नागरिक साक्षरता भएको हुदा पालिकालाई साक्षर घाेषणा गरिएकाे हाे । नेपाल सरकारले २०६५ देखि २०६९ सम्म पटक पटक देशै भरी १५ बर्षभन्दा माथि र ६० बर्षभन्दा मुनीका निरक्षर नागरिकलाई साक्षर बनाउने उद्देश्यले राष्ट्रिय साक्षरता अभियान सञ्चालन गरेको थियो।
उक्त अभियान सञ्चालन गरी २ बर्ष भित्रमा नेपाललाई साक्षरता घोषणा गर्ने लक्ष्य राखे पनि त्यो सम्भव हुन सकेन । त्यस्तै २०७२ मा सबै जिल्लामा सघन साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो। २०७१ असार देखि साक्षर जिल्ला घोषणा गर्ने अभ्यासको थालनी भएको थियो ।
तर पनि हालसम्म ६४ जिल्ला मात्र साक्षरता घोषणा भएका अध्यक्ष दानवहादुर बुढाले बताउनु भयाे । उहाँका अनुसार बाँकी १३ जिल्ला साक्षरता घोषणा हुन बाँकी नै रहेको परिपेक्ष्या २०३० सम्मको दिगो विकासको लक्ष्य अनुसार जुम्ला जिल्लालाई साक्षरता जिल्ला घोषणा गर्ने उद्देश्यले पालिकालाई साक्षर घाेषणा गरिएकाे हाे ।
जुम्लाका सबै स्थानीय तह साक्षरता पालिका घोषणा भइसके पछि गुठिचाैरलाई पनि साक्षर घाेषणा गरिएकाे बुढाले बताउनु भयाे । गुठिचौर गाउँपालिका भित्रका वडाको तथ्याङ्क अनुसार १५ देखि ६० वर्ष उमेरका १७ सयको हाराहारीमा रहेका निरक्षरलाई गत आर्थिक बर्षको वैशाख देखि असारसम्म ६ जना सहजकर्ताबाट साक्षरता कक्षा सञ्चालन गरी साक्षर गरिएकाे अध्यक्ष बुढाले जानकारी गराउनु भयाे ।
उहाँका अनुसार, गुठिचौर गाउँपालिकाको साक्षरताको तथ्याङ्क बमाेजिम विद्यालय तहमा अध्ययनरत विद्यार्थी संख्या प्राारम्भिक बाल विकासकामा ४२१, आधारभूत तह (कक्षा १-५), १६३३, आधारभूत तह (कक्षा ६-८) ४२२, माध्यामिक तह (कक्षा ९-१०) २६९, माध्यामिक तह (कक्षा ११-१२) ७९ गरि जम्मा २८२४ जना विद्यार्थी संख्या रहेकाे छ ।
यसैगरी, एस.एलसि वा एसईई उत्तीर्ण संख्या ५७१, कक्षा १२ वा प्रविणता तह ६४५, स्नातक तह १५०, स्नातकोत्तर तह ३४ जना रहेकाे अध्यक्ष बुढाले जानकारी गराउनु भयाे । १५ देखि ६० बर्षसम्मको जनसंख्याको विवरण अनुसार ६७९३ मध्ये साक्षरता ६५०३ जना र निरक्षर २९० जना रहेका छन् । निरक्षरलाई साक्षरता बनाउनका लागि पालिकाले अागामी दिनमा काम गर्ने अध्यक्ष बुढाकाे भनाइ छ ।
साक्षर पालिका बासिकाे पहिचान बनेकाेमा उहाँले खुसि समेत व्यक्त गर्नु भयाे । यस्तै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरीनन्द अाचार्यले अब जिल्लाई साक्षर घाेषणा गर्ने बाटाे खुलेकाे बताउनु भयाे । जुम्लाका सबै स्थानीय तह साक्षर पालिका घाेषणा भएकाले साक्षर जुम्लाबासिकाे पहिचान बनेकाे बताउनु भयाे