सिंजा गाउँपालिका जुम्ला जिल्लाकै तेस्रो साक्षर गाउँपालिका घोषणा

सिंजा गाउँपालिका जुम्ला जिल्लाकै तेस्रो साक्षर गाउँपालिका घोषणा भएको छ । पालिकामा बसोबास गर्ने ९६.५ प्रतिशत नागरिक साक्षर भएसँगै पालिकालाई साक्षर घोषणा गरिएको हो । साक्षरताका १२ वटा सूचक मध्ये हस्ताक्षर गर्न सक्ने, मोवाईल चलाउन सक्ने, समय हेर्न र भन्न सक्ने, सामान्य लेखपढ गर्न सक्ने, १ देखि १० सम्म अंक भन्न र सामाजिक भावनाहरु व्यक्त गर्न सक्ने भएकाले साक्षर गाउँपालिका घोषणा सिंजा गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख शंकर धितालले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले साक्षर गाउँपालिका घोषणा गर्नु भएको हो । १२ वटा सूचक मध्ये बाँकि ६ वटा सूचकहरु पुरा गर्न विद्यार्थी र विद्यालय परिचालन गरिएको शिक्षा प्रमुख धितालले बताउनु भयो । सैद्धान्तिक ५० र प्रयोगात्मक ५० प्रतिशत मानिएको उहाँको छ । २५ प्रतिशत परियोजना कार्य मध्येबाट विद्यार्थीले अभिभावकलाई साक्षर बनाउने तथा एकले एकलाई सिकाउने रणनीति गाउँपालिकाले लिईएको उहाँले जानकारी गराउनु भयो ।

साक्षर पालिका घोषणा कार्यक्रममा प्रधानाध्यापक मध्येबट मालिका मावि धाँपाका प्रधानाध्यापक प्रयाकराज खत्री, सेवा निवृत्त निवर्तमान मावि जोडुका प्रधानाध्यापक नर वहादुर बुढा, शिक्षकहरु मध्येबाट भैरव मावि नराकोटका शिवानन्द शर्मा, केदारनाथ आधारभुत विद्यालय बारेका प्रधनाध्यापक नन्दराम बुढा, शान्तिजन आधारभुत विद्यालयका मानवहादुर बुढा, फुटासिलि आधारभुत विद्यालयका अंग्रेजि शिक्षक दिपक बुढा पुरस्कृत तथा सम्मानित हुनु भएको छ ।

यस्तै २०८० को पालिका स्तरीय परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने मालिका माविका धाँपाका रमित आचार्य, मालिका माविक धाँपाकै रामरति धिताल र मालिका मावि धाँपाकै बसन्ति शर्मा पुरस्कृत हुनु भएको छ । कार्यालय सहयोगिबाट कालिका आधारभुत विद्यालयका विष्टबाडाका देविराज सिम्खाडे सम्मानित हुनु भएको छ ।

सम्बन्धित शीर्षक