लक्ष्मी न्याैपाने
चन्दननाथ नमूना माध्यमिक विद्यालयकाे ६२ औँ वार्षिकत्सव तथा अभिभावक दिवस आज बिभिन्न कार्यक्रम गरि मनाईएकाे छ।साथै चन्दननाथ नमूना माध्यमिक विद्यालयले स्कुल बस संचालन गर्ने भएको छ । विद्यालयमा टाढाबाट विद्यार्थीहरु अध्ययन गर्न आउने भएकाले स्कुल बसको व्यवस्था गर्न लागिएको प्रधनाध्यापक टंक महतले बताउनु भयो । ६२ औँ वार्षिकत्सव तथा अभिभावक दिवसको अवसरमा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै उहाँले विद्यार्थीको सहजताका लागि स्कुल बस संचालन गर्ने तयारी विद्यालयले गरेको जानकारी गराउनु भयो ।
उहाँका अनुसार, विद्यालयले पनि बस संचान गर्न सक्ने भएकाले स्कुल बस संचालनमा ल्याउने तयारी थालेको बताउनु भयो । यस्तै विद्युत प्राधिकरण सँग समन्वय गरी विद्यालयमा नियमित विद्युतको व्यवस्था गर्दै आधुनिक र प्रविधि मैत्री विद्यालय निर्माण गर्ने लक्ष्य रहेको महतले बताउनु भयो । प्रधानाध्यापक महतले अवस्थ वातावरण भित्र कडा प्रतिस्पर्धा गर्दै नमुना विद्यालय बनाउन सफल भएको बताउनु भयो ।
भोलिको देश कता जाँदै छ भन्ने कुराको संकेत आजको कक्षा कोठाले निर्धारण गर्ने उहाँको भनाइ छ । महतका अनुसार, गुणस्तरीय शिक्षाको माध्यमबाट सकरात्मक परिवर्तन गर्न सकिने बताउनु भयो । बन्द हुने अवस्थामा पुगेको विद्यालयको नेतृत्व सम्हाले पश्चात १७ सय ९१ विद्यार्थी संख्या पुराउन सफल भएको उहाँको भनाइ छ । प्रधानाध्यापक महतले भन्नुभयो, विद्यालयको सिकाई उपलब्धि ७१.४५ प्रतिशत रहेको छ । सिकाई उपलब्धिलाई अझ वृद्धि गरिने उहाँको भनाइ छ ।
विद्यालयको ६ करोड ९२ लाख ९८ हजार ३ सय ४३ रूपैयाँ आय भएकोमा सोहि बराबर रकम खर्च भएको उहाँले बताउनु भयो । टहराबाटै मात्रै १३ लाख ५३ हजार ९ सय १७ रूपैयाँ उठेको महतले बताउनु भयो । सिटिईभिटिको अनुमतिमा डिप्लोमा तहको बन विज्ञान र बालि विज्ञानका कक्षाहरू संचालन गर्न विद्यालय सफल भएको उहाँको भनाइ छ ।
आधुनिक प्रविधिबाट कक्षा संचालन, सिसिक्यामरा जडान र विद्यालयमा अनावश्यक व्यक्तिको प्रवेश निषेध गर्न आगन्तुक पुस्तिकाको व्यवस्था गरिएको महतले बताउनु भयो । हरेक तीन महिनाको फरकमा अभिभावक भेला गरि गुणस्तरीय शिक्षाका विषयमा छलफल, कच्चि टहरा विस्थापित गरि पक्कि सटर निर्माण र नमुना भवनको माथिल्ला चार कोठामा डिजिटल बोर्ड जडान गरि प्रविधिको माध्यमबाट शिक्षण कार्य सुरू भएको प्रधानाध्यपक महतले बताउनु भयो ।
सामुदायिक विद्यालयमा अभिभावकको चासोमा कमी, गुणस्तरीय शिक्षा प्राप्तिमा चुनौति र विद्यार्थी संख्या अनुसार शौचालय र खानेपानीको समस्या रहेको उहाँले बताउनु भयो । विद्यालयको भावि योजनामा विद्यार्थीको चाप अनुसार प्रर्याप्त हुने गरी छात्रामैत्री र अपाङ्गमैत्री शौचालयको निर्माण गर्ने र विद्यालयको पूर्व तर्फको जुगाडाखोलाको माथि सहायक बाटोको रुपमा विद्यालयमा प्रवेश गर्न सक्ने पक्की पुल निर्माण गर्ने लक्ष्य राखिएको उहाँले बताउनु भयो ।
साथै विद्यालयमा रहेको सेतो भवनमा आवासिय छात्रावासको व्यवस्था गरिने उहाँको भनाइ छ । विद्यालयको हाताभित्र रहेका पुराना कच्ची भवनहरु विस्थापित गर्दै खेल मैदान विस्तार गर्ने र कम्प्युटर ल्यावमा रहेका २४ वटा डेक्सटपमा नेटवर्क सिस्टम जडान गर्ने योजना रहेको महतले प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सामुदायि