जिल्ला कारागारा जुम्लामा रहेका कैदिबन्दिका लागि निःशुल्क स्वास्थ्य विशिवर संचालन

लक्ष्मी न्याैपाने

जिल्ला कारागारा जुम्लामा रहेका कैदिबन्दिका लागि निःशुल्क स्वास्थ्य विशिवर संचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाको आयोजना र कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लाको सहयोगमा कारागारमा रहेका कैदीबन्दीहरूका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । कारागार जुम्लामा हाल विभिन्न प्रकृतिका कैदीबन्दी, १२० जना मध्ये कैदी र थुनुवाहरुमा ५ जना महिला थुनुवा, ४, पुरुष, पुरुष कैदी ७८ र पुरुष थुनुवा ३७ जना रहेका छन् । कैदीबन्दिहरुको स्वास्थ्यको विशेष ख्याल राख्दै शिविर संचालन गरिएको हो । कैदीबन्दिहरुको स्वास्थ्य चेकजाँच गर्नको लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका डाक्टर शुभाङक प्याकुरेल नेतृत्वको टिमले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको हो । शिविरको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले सुधार गृहका रुपमा राज्यले कारागारलाई विकास गर्न खोजेको बताउनु भयो । उहाँका अनुसार, विभिन्न कारणले जेल जीवन बिताई रहेकाहरुको लागि सिप विकास तालीम संचालनको गर्न समन्वय र सहजिकरण गरिने बताउनु भयो । कारागारमा बसेका व्यक्तिहरु सुधार भई समाजमा गएर असल काम गर्ने सोच राख्न उहाँले सुझाव दिनु भएको छ । आचार्यका अनुसार मानिसको स्वास्थ्यमा कतिबेला समस्या आउछ भन्न नसकिने भएकाले कारागार भित्रै चेकजाँच गर्न पाउन भनेर निःशुल्क स्वास्थ्य शिविर राखिएको बताउनु भयो । यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले कारागारलाई सुधार गृहको रूपमा परिणत गर्नु पर्ने बताउनु भयो । बेला बेला स्वास्थ्य परीक्षण गरेमा अचानक हुने मृत्युबाट बच्न सकिने उहाँको भनाइ छ । खानिपन र आहार विहारमा ध्यान दिन सकेमा स्वास्थ्यमा आउने समस्याबाट छुटकारा पाउन सकिने उहाँले बताउनु भयो । आफुलाई स्वस्थ राख्नु आफ्नो कर्तव्य हुने घिमिरेले बताउनु भयो ।
आवाज…….
यस्तै जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले स्वास्थ्यमा ध्यान दिईएन भने जीवन जाने बताउनु भयो । जीवन बचाउनबाट बेलाबखत स्वास्थ्य परीक्षण गराउनु पर्ने उहाँको भनाइ छ । कागारका कैदीलाई स्वास्थ्य जाँच गराउन एकै पटक अस्पताल लिन नसकिने भएकाले सम्बन्धीत ठाउँमै डाक्टर बोलाई स्वास्थ्य जाँच गरिएको कामतीले बताउनु भयो । कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्न र कैदीबन्दीहरू रहेकै स्थानबाट आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको उहाँको भनाइ छ । त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानका डाक्टर राकेश कुमार यादवका अनुसार कारागारमा रहेका १ सय २० जना बन्दीकैदीलाई स्वास्थ्य जाँच गरिएको बताउनु भयो । उहाँका अनुसार उनीहरुमा ग्याष्टिक, मानसिक समस्या, श्वासप्रश्वास र एलर्जीको समस्या देखिएको उहाँको भनाइ छ । यादवका अनुसार, स्वास्थ्य परीक्षणका क्रममा कैदिबन्दीमा खासै जटिल समस्या नरहेको बताउनु भयो । कारागार जुम्लामा रहेका कैदिबन्दिहरुले आलु चिप्स र घरेलु सामान निर्माणको सीप आवश्यक रहेको बताएका छन् ।

सम्बन्धित शीर्षक