लक्ष्मी न्यौपाने ,जुम्ला ।
जुम्लामा रैथानेबाली उत्पादन उपभोग तथा संरक्षण सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । किर्डाक नेपालको आयोजना तथा वल्र्डभिजन इन्टरनेशनल नेपालसंगको साँझेदारीमा अभिमुखीकरण कार्यक्रम सकिएको हो ।
एकीकृत पोषण तथा उत्थानशील जीविकोपार्जन परीयोजना अन्र्तगत दुइदिने अभिमुखीकरण कार्यक्रम सकिएको किडार्क नेपालले जनाएको छ । चन्दननाथ नगरपालिका १ का ५८ जना महिलाहरु अभिमुखीकरणमा सहभागि भएको किडार्क नेपालका फिल्ड मोबिलाइजर अजित थापाले जानकारी दिए ।
रैथानेबालीको उत्पादन,उपभोग तथा संरक्षणका बिषयमा महिलाहरुलाई सहजीकरण गरिएको थियो । तालिममा प्रशिक्षकमा दीपक आचार्य र महिला प्रशिक्षकमा लक्ष्मी रावत थिए । प्रशिक्षक दीपक आचार्यले रैथानेबालीको संरक्षण गरेर बजार सम्म लैजानुपर्ने बताए । उनले अभिमुखीकरण कार्यक्रममा सहभागि मात्र नभएर आगमी दिनमा रैथानेबालीको पक्षमा वकालत गर्न सहयोग पुग्ने समेत भनाइराखे ।
किडार्क नेपालका फिल्ड अफिसर सरु महतले जुम्लाका महिलाहरु रैथानेबालीको संरक्षण जुट्न थालेको बताइन् । उनले रैथानेबालीबाट विभिन्न परिकारहरु बनाउन सकिने र बजार सम्म पुर्याउदा महंगोमा किनबेच हुने भएकोले आम्दानीको स्रोत समेत रैथानेबाली हुने बताए ।
अभिमुखीकरणमा रैथानेबालीको उत्पादन,प्रशोधन,बेचविखन र उपभोगका बारेमा घनिभुत रुपमा छलफल भएको थियो । अभिमुखीकरणमा सिकेको कुराहरु व्यवहारमा कार्यन्वयन गर्ने प्रतिबद्धता सहभागिहरुले गरेका छन ।