गुठीचाैर गाउँपालिका ४ उखाडि गाउँका सम्झना अधिकारीले छुई गाेठ भत्काउनु भएकाे छ । छुई गाेठमा बस्दा डर हुने भएकाले छुई गाेठ भत्काएकाे उहाँले बताउनु भयाे । उहाँले भन्नुभयाे, वडाकाे टाेलि छुईगाेठ भत्काउन घरमा पुगेकाे हुनाले स्वइच्छाले गाेठ भत्काएकि हुँ । गाेठमा बस्दा जनावर र मानिसकाे डर हुने र स्वास्थ्य पनि बिक्रने भएकाले वडाकाे अभियानलाई सफल बनाउन छुई गाेठ भत्काएकाे अधिकारीले बताउनु भयाे । वडाध्यक्ष टिकादत्त न्याैपानेकाे अगुवाईमा अनुगमनमा गएकाे टाेलिकाे अगाडि उहाँले छुई गाेठ भत्काउनु भएकाे हाे । गुठीचाैर ४ ले छुई गाेठ र बाल विवाह मुक्त घाेषणा गर्ने तयारी अन्तर्गत प्याकुरेवाडा र उखाडि गाउँमा विहिबार अनुगमन गरेकाे छ । अनुगमनका क्रममा दुई गाउँका २३० घरमा पुग्दा अधिकांस घरमा अहिले पनि छुई गाेठमा महिलाहरू बस्ने गरेका छन् । प्रत्येक घरमा छुई गाेठ भएकाले भत्काउन वडाध्यक्ष टिकादत्त न्याैपानेले अनुराेध गर्नु भएकाे छ । छुई गाेठ साँघुरा, बत्ति नभएकाे, खटिया नराखिएकाे र बस्नका लागि उपयुक्त नभएकाले वडाले सुरूवात गरेकाे अभियानमा सहयाेेग गर्न उहाले अनुराेध गर्नु भएकाे छ । घरकाे सुरक्षित काेठामा बस्न उहाले सुझाव समेत दिनु भएकाे छ । सम्झना अधिकारीले छुई गाेठ भत्काएकाे हुनाले अन्य महिलाहरूलाई पनि भत्काउन न्याैपानेले अनुराेध गर्नुभयाे । उहाँले भन्नुभयाे, आफै भत्काउनु भएन भने असार ११ गते वडाकाे टाेलि आएर भत्काउने छाैँ । घरमा मेराे लागि बसि दिनुहाेस भनेकाे हाेईन उहाँले भन्नुभयाे, तपाईकाे स्वास्थ्यका लागि हाे । गाेठमा बस्दा धेरै छाेरीचेेलि बलात्कार भएकि छन् । छुई भएकाे बेला सरसफाई गरि पुजा काेठा र भान्सामा नजाने र छुई नबार्न उहाँले अनुराेेध गर्नु भएकाे छ । छुई भएकाे बेला गाेठमा बसेकाे खण्डमा वडाबाट प्रदान गरिने सेवा सुविधा राेक्का गरिने उहाँले बताउनु भयाे । छुई गाेठ तथा बाल विवाह मुक्त वडा घाेषणा गर्नका लागि वडा नम्बर ४ लागि परेकाे छ । अनुगमनमा प्रमुख प्रशासकीय अधिकृत धुब्रराज गिरी, महिला तथा बालबालिका शाखा प्रमुख सुसमिता थापा, प्रहरी र संचारकर्मिहरूकाे सहभागिता रहेकाे थियाे ।