तिला गाउँपालिका जुम्लाले आगामी आर्थिक वर्षको नीति, बजेट र कार्यक्रमका लागि सुझाव संकलन गरेको छ । जनमैत्री नीति, कार्यक्रम र बजेट ल्याउन गाउँपालिकाले सुझाव संकलन गरेको हो । बजेट सहित सम्बोधन हुने गरि नीति ल्याउने तयारीमा जुट्ने अध्यक्ष मोतिलाल रोकायाले बताउनु भयो । उहाँका अनुसार, दुर्गम तिलाका नागरिकको जीवन शैली परिवर्तन हुने कार्यक्रम, बजेट र नीति ल्याउन खोजिएको बताउनु भयो। नागरिकका आधारभुत आवश्यकता सम्बोधन हुने कार्यक्रम ल्याईने अध्यक्ष रोकायाले बताउनु भयो । तिलाको भुगोल सुहाउदो नीतिमा जोड दिईने अध्यक्ष रोकायाले बताउनु भयो ।
नागरिकबाट आएका सुझावलाई नीति, बजेट र कार्यक्रममा सम्बोधन गरिने उहाँले बताउनु भयो । उहाँका अनुसार, तिलाका दुर्गम बस्तिमा सडक संजाल जोड्ने, शिक्षा, स्वास्थ्य र रोजगारिमा जोडिने कार्यक्रममा जोड दिईने जानकारी गराउनु भयो । यस्तै उपाध्यक्ष गोरीकला बुढाले महिलाको स्वास्थ्य अवस्था मजबुद बनाउने र रोजगारिमा आवद्व हुने कार्यक्रममा ध्यान दिईने बताउनु भयो । महिलाहरू सिप विकासमा सहभागी भएमा आर्थिक अवस्था बलियो हुने उहाको भनाइ छ ।
उहाँका अनुसार, दुर्गमका महिला गर्भवती महिलाहरूले भोग्नु पर्ने समस्या हल गर्नको लागि बजेट र कार्यक्रमबाट सम्बोधन गरिने जानकारी गराउनु भयो । शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्रााथमिकता दिईने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षमा ल्याईने नीति, कार्यक्रम र बजेट नागरिकको हितमा हुने उपाध्यक्ष बुढाले बताउनु भयो । बजेट अभावले गर्दा नीति र बजेटमा तालमेल नमिलेको उहाँले बताउनु भयो ।
सडकको अवस्था कमजोेर भएकाले सुधारमा जोड दिने कुरामा सरकार प्रतिवद्व रहेको बुढाको भनाइ छ । यस्तै प्रमुख प्रशासकीय अधिकृत टेक वहादुर बुढथापाले प्राप्त सुझावलाई कार्यान्वयन गरिने बताउनु भयो । तिलाको सरकारका लागि आएका महत्त्वपूर्ण सुझावलाई नीति, कार्यक्रम र बजेटमा समावेश गरिने उहाँको भनाइ छ । बजेटले सम्बोधन गर्ने र गर्न सकिने कार्यक्रममा बढी जोड दिईने उहाँले बताउनु भयो ।
सिमित बजेटले धेरै गर्न नसकिए पनि सकिने कामहरू गर्ने बुढथापाले बताउनु भयो । सुझाव संकलनमा सहभागी स्थानीय नागरिकले भुगोल र हावापानी सुहाउदो नीति, बजेट र कार्यक्रम ल्याउन सुझाव दिएका छन् । स्थानी स्तरमा उत्पादित रैथाने बालिलाई दिवा खाजा कार्यक्रम ल्याउन अनुरोध गरेका छन् । यस्तै बालबालिकाको क्षेत्रमा अध्यक्ष तथा उपाध्यक्ष कार्यक्रम संचालन गर्न तिलाका स्थानीयले सुझाव दिएका छन् ।
स्थानीय जयविर नेपालीले उच्च शिक्षा अध्ययन गर्नेका लागि व्यवस्था गर्न अनुरोध गर्नु भएको छल। यस्तै उहाँले छुवाछुत मुक्त पालिका घोषणा गर्ने कार्यक्रम ल्याउन सुझाव दिनु भएको छ । यता स्वास्थ्यको जग मानिने महिला स्वास्थ्य स्वयम् सेविकालाई गाउँपालिकाले सम्मान गर्नु पर्ने माग गरेका छन् । नीतिमा महिला स्वास्थ्य स्वयम सेविकाको कुरालाई सम्बोधन गरि दिन अनुरोध गरेका छन् ।