जुुम्लामा पहिलो पटक औद्योगिक प्रर्दशनि प्रतियोगिता आयोजना गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाको आयोजनामा प्रतियोगिता गरिएको हो । घरेलु उद्योगबाट उत्पादित वस्तुहरू किसानहरूले प्रतियोगितामा प्रर्दशन गरेका छन् । स्थाानीय स्तरमा उत्पादन भएका वस्तुहरू प्रतियोगितामा राखिएका छन् । राडिपाखि, खरायोको टोपि, अर्गानिक तरकारी, रैथाने बाली, स्याउका चाना लगायतका वस्तुहरू प्रर्दशन गरिएको छ ।
१८ वटा उद्योगहरूले विभिन्न सामानहरू प्रतियोगितामा राखेका कार्यालय अधिकृत भवगति श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार, औद्योगिक प्रर्दशनि प्रतियोगितामा सहभागि उद्योगहरुलाई पुरस्कृत गरिने बताउनु भयो । औद्योगिक प्रर्दशनि प्रतियोगिताको उद्घाटन सत्रमा बोल्दै जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले उद्योगहरुबाट उत्पादित वस्तुहरु प्रर्दशनी कार्य सकरात्मक भएको बताउनु भयो ।
जुम्लामा धेरै उद्योगहरु भएपनि उत्पादन सोचे जस्ता नभएको उहाँको भनाइ छ । उत्पादित वस्तुहरु सबैले हेर्न र देख्न पाउनु भन्दा बजारमा सहजै पाउनु पर्ने आचार्यले बताउनु भयो । यस्तै प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले स्वरोजगार हुन लागि उद्योग स्थापनामा जोड दिनु पर्ने बताउनु भयो । व्यवसायि हुनको लागि उद्योग स्थापना गर्न उहाँले सुझाव दिनुभयो । यसैगरी, उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाले उद्योग भएर पनि युवाहरू बेरोजगार भएको बताउनु भयो ।
स्थानीय उद्योगले उत्पादन गरेका वस्तुहरू धेरै र गुणस्तरीय उत्पादन गर्नु पर्ने उहाँको भनाइ छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जुम्लाका प्रमुख विनोद कुमार बानियाले उत्पादित वस्तुहरु प्रर्दन गर्नको लागि प्रतियोगिताको आयोजान गरिएको बताउनु भयो ।