लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लामा विपदबाट जोगिन नेपाल रेडक्रस सोसाइटी जुम्लाले सचेतना फैलाउन थालेको छ । चन्दननाथ नगरपालिकामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरेर विपदबाट हुन सक्ने क्षति कम गर्न सुचना प्रर्णालीलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिइएको हो ।
स्वीस रेडक्रसको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालयको सहभागिता र चन्दननाथ नगरपालिका संगको साझेदारीमा सञ्चालित सहरी पुर्व तयारी तथा आपतकालिन प्रतिकार्य पर्वद्धन परियोजना अन्र्तगत पुर्व चेतावनी प्रर्णाली,यसको नविनतम विकास र पहल बिषयमा आयोजित अभिमुखीकरण कार्यक्रममा विपदबाट जोगिने विभिन्न पाटापक्षका बिषयमा छलफल भएको थियो ।
अभिमुखीकरण कार्यक्रममा चन्दननाथ नगरपालिकाका उपप्रमुख रामुदवी खड्काले विपद पुर्वतयारीमा जुट्न अपिल गरेकी छिन । उनले समय अनुसारको सुचना दिन र स्मार्ट फोन प्रयोग गर्न समेत सुझाव दिइन् । उनले हरेक बर्ष ५० देखि ७० लाख रुपैयाँ सम्म विपद व्यवस्थापनमा बजेट छुट्याउदै आएको जानकारी दिइन् ।
प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले नदिनाला,तालतलैयाका कारण जोखिम बढेको भन्दै यो सन्देश समुदायस्तरमा फैलाउनुपर्ने बताए । उनले स्वयमसेवकलाई आवश्यक तालिम दिएर विपद प्रतिकार्य योजना बनाउनुपर्नेमा जोड दिए । नेपाल विद्युत प्राधिकरण शाखा जुम्लाका प्रमुख राम आशिषले विपद पुर्वतयारीका लागि हरेक जोखिमयुक्त स्थानको मापन गर्नुपर्ने बताए । जसका लागि विद्युत प्राधिकरणले समेत सहयोग गर्न सक्ने बताए । विपद् व्यवस्थापनमा सरोकारवालाको भुमिका,विपद सुचना प्रर्णाली लगायतका बिषयमा अभिमुखीकरण दिइएको नेपाल रेडक्रस सोसाइटी जुम्लाका जिल्ला परियोजना अधिकृत इश्वरा सुवेदीले जानकारी दिइन ।
कार्यक्रममा नगरपालिकाका शाखाहरुका प्रतिनिधि प्रतिनिधिहरु,नेपाल विद्युत प्राधिकरणका प्रतिनिधि,,नेपाल टेलिकमका प्रतिनिधि,,सुरक्षाकर्मी र पत्रकारहरुको सहभागिता रहेको थियो ।