पहिचान संग जोडेर प्रचार प्रसार गर्दै आएका साहले जुम्लाको खानालाई संसार भर चिनाउन आबश्यक रहेको बताउनुभयाे।मास्टर सेफ सन्तोष साह सहतिको टिम नेपाली फुडको टिम यतिवेला जुम्ला पुगेको छ ।
चर्चित सेफ सन्तोष साह । खाद्य गुणस्तर अभिवृद्धिबारे सचेतना फैलाउने उद्देश्यका साथ अघि बढेको बताए । उनी भन्छन्, ’मेहेनत नै हो हाम्रो सफलता, अनि उपलब्धी हो । अहिले जतिपनि सेफहरू छन् उनीहरूले नेपाली खानाका परिकार बनाउन सिकाउनु पर्ने आबश्यक देखिएको छ । उनले भने, युवाहरु कर्ममा तल्लीन हुनुपर्छ ।नेपालको खाना र नेपालको पहिचानको लागि केही गरौँ भनेर दिलैदेखि सोच आएको बताए ।अब,नेपालको खानाको गुणस्तर बढाउनु पर्छ , खानाबाट पनि सरकारले आम्दानी गर्न सक्छ यसको लागी लगानी गर्न जरुरी छ ।
त्यस्तै गेट कलेजका संस्थापक खेम राज लकाईले,खाना कसरी हुर्कन्छ र कसरी यसको खेतीले स्थानीय समुदायहरूलाई फाइदा पु¥याउँछ।खाना गुणस्तरीय हुन जरुरी छ । खानाको परिकारले जुम्लाको मात्र नभइन सिंगो नेपालको पहिचानलाई विश्वभर फैलाइ पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयाे । उहाँका अनुसार उनले यसको लागी स्थानीय सरकारले खाद्य स्वाच्छता क्षेत्र लगानी गर्न जरुरी रहेकाृ बताउनुभयो ।
त्यस्तै पत्रकार तथा समाज सेवी मनऋषि धितालले जुम्लाको रैथाने काखाको परिकार विश्वभरका दर्शकमाझ पस्काउन जरुरी रहेको बताउनुभयाे । उहाँका अनुसतर ‘मास्टर सेफ शाहाले लाखौँ नेपालीको मन जित्न सफल भएको बताउनुभयाे । हाम्रो खानाको मौलिकता र विविधतालाई विश्वमाझ चिनाउने उद्देश्यले जुम्ला आएको बताउनुभयाे ।
त्यस्तै पातारासी गाउपालिकाका अध्यक्ष पुर्ण सिंह बोहोराले यहाको अगानिक खानाको परिकार बनाउने सिप युवालाई दिन जरुरी रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, आफ्नो पालिकमा उत्पादन हुने स्थानीय बालीहरुको प्रबोधन गर्न सरकार तयार रहेको बताउनुभयाे । उहाँका अनुसार हाम्रो उत्पाद बनाउने तरिका र हस्पिटालिटीको कुरा सिकाउनु पर्ने जरुरी छ ।
त्यस्तै होटल ब्यवसायिक क्षेत्रिय होटल संघ जुम्लाका अध्यक्ष दिल बहादुर महत आन्तरिक पर्यटनको प्रमुख गन्तव्य मध्ये एक जुम्ला रहेको बताउनसभयाे। होटल ब्यवसायहरु राम्रो संम्भावना रहेको जानकारी गराउनुभयाे । उहाँले भन्नुभयाे, होटलमा काम गर्ने जनशत्ति उत्पादन हुन जरुरी छ ।
मास्टर सेफ सन्तोष साहको टिमले जुम्ला जिल्लाको रैथाने कृषि उपजहरुको प्रर्वधन तथा बजारी करणका लागी संञ्चालन हुदै आएको शनिवारीय कृषक बजारको अबलोकन गरिएको थियो ।
चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले मास्टर सेफ सन्तोष साहलाई मायाको चिनु दिएर सम्मान गरेकी छन । साह बीबीसी मास्टर सेफको फाइनल राउन्डमा पुगेका चर्चित ब्यक्ति हुन । यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवि खड्काले आफ्नो जुम्लाको अर्गानिक खानाका परिकारमा ’कला, संस्कृतिले प्रभाव पार्ने बताउनुभयाे । उहाँका अनुसार हाम्रो गाउँका खाने कुरा लाई प्रर्वधन गर्नका लागी स्थानीय सरकार लागी पर्ने बताउनुभयाे