गाउँपालिकामा सहयात्रा तेस्रो परियाेजना संचालन

जुम्लाकाे तातोपानी गाउँपालिकामा सहयात्रा तेस्रो परियाेजना संचालन भएकाे छ′ । पञ्चवर्षिय परियाेजनाका बारेमा बुधबारका दिनमा सराेकारवाला निकायका बिच परिचयात्मक कार्यक्रम भएकाे हाे । सेभद चिल्ड्रेनकाे सहयाेग, किर्डाक नेपाल जुम्लाकाे सहजिकरण र तातोपानी गाउँपालिका जुम्लाकाे समन्वयमा जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य र बाल अधिकारकाे क्षेत्रमा काम गर्दै छ । उक्त परियाेजनाले विशेषगरि शिक्षा क्षेत्र सुधारमा काम गर्ने छ । सेभद चिल्ड्रेन सुर्खेतका व्यवस्थापक विष्णु बमले ३८ प्रतिशत काम शिक्षा क्षेत्रमा गरिने बताउनु भयाे । उहाँका अनुसार, स्थानीय तहसँगकाे समन्वयमा बाल क्लब, स्वास्थ्य संस्था र विद्यालयमा केन्द्रित रहेर काम गर्ने जानकारी गराउनु भयाे । जलवायुकाे क्षेत्रमा किसानसँग पनि काम गर्ने उहाँकाे भनाइ छ । बमका अनुसार, कार्यक्रममा दाेहाेराेपना अाउन नदिनका लागि समन्वय र सहकार्यमा बढी जाेड दिइने बताउनु भयाे । नमुना विद्यालय, नमुना वडा र जलवायु मैत्री वडा निर्माणमा सहयात्रा परियाेजनाले काम गर्ने बमकाे भनाइ छ । याे कार्यक्रमबाट गाउँपालिकाले गर्व गर्ने कामहरू हुने उहाले जानकारी गराउनु भयाे । पाँच वर्षमा पालिकालाई केन्द्रमा राखेर काम गर्ने बमले बताउनु भयाे । यस्तै सेभद चिल्ड्रेनका दिलकुमार क्षेत्रीले समावेशि, समतामुलक, कुनै पनि बालबालिका विद्यालय बाहिर नहुने बताउनु भयाे । सहयात्रा परियाेजनाले सिकाई उपलब्धिमा सहयाेग गर्ने उहाँकाे भनाइ छ । बालबालिकाले सिक्नु पर्ने कुरा सिकेनन भने गरिबी बढ्ने क्षेत्रीलेे बताउनु भयाे । उहाले भन्नुभयाे, विद्यालय व्यवस्थापन, प्रधानाध्यापक र शिक्षकलाई विद्यालय सुधार याेजना निर्माणका लागि तालीम दिने छाैँ । बालबालिकालाई रमाएर अध्ययन गर्ने वातावरण सृजना गरिने उहाँकाे भनाइ छ । बाल विकासमा जाेड दिइने भन्दै उहाले पेशागत विकासका लागि शिक्षकलाई तालीम प्रदान गरिने बताउनु भयाे । क्षेत्रीका अनुसार, पछि परेका बालबालिकालाई उपचरात्मक सिकाईमा जाेड दिइने जानकारी गराउनु भयाे । शिक्षक र विद्यार्थीकाे उपस्थित नियमित गर्नकाे लागि परियाेजनाले सहजिकरण गर्ने उहाँकाे भनाइ छ। विद्यालयकाे वास्तविक अवस्था झल्किने याेजना निर्माणमा गरिने उहाले बताउनु भयाे । यसैगरी, किर्डाक नेपाल जुम्लाका परियाेजना संयाेजक प्रकाश वहादुर शाहीले परियाेजनाका बारेका जानकारी गराउनु भएकाे थियाे । यस्तै किर्डाक नेपालका कार्यक्रम व्यवस्थापक कमल महतले कार्यक्रमकमे उदेश्य माथि जानकारी गराउनु भएकाे थियाे । किर्डाक नेपाल जुम्लाका जिल्ला संयाेजक दिपराज रावतले किर्डाक नेपालकाे परिचयकाे बारेमा जानकारी गराउनु भएकाे थियाे । यस्तै सेभद चिल्ड्रेनका जुठीराम चाैधरीले बाल अधिकार शासन र बाल संरक्षणका बारेमा जानकारी गराउनु भएकाे थियाे । उहाँले बालबालिकालाई प्रत्याेजित भएकाे अधिकार कार्यान्वयन गराउन परियाेजनाले सहयाेग गर्ने बताउनु भयाे । बालबालिकाकाे लागि बजेट सरकारले विनियाेजन गरेकाे हुनेछ उहाँले भन्नुभयाे, यसमा बालबालिकाे क्षमता विकासमा सहयाेग गरिने छ ।

तातोपानी गाउँ अध्यक्ष नन्द प्रसाद चाैलागाई
किर्डक नेपाल जुम्लाले जलवायु परिवर्तन, शिक्षा, स्वास्थ्य र बाल अधिकारकाे क्षेत्रमा काम गर्ने भएको र । उक्त परियाेजनाले विशेषगरि शिक्षा क्षेत्र सुधारमा काम गर्ने बताए

मन्त्तव्य राख्दै सामुदायियक रेडियो प्रशारक संघ अकाेराब कर्णाली प्रदेश अध्यक्ष गाेर्खवहादुर थापाले बालमैत्री संरचना निर्माणमा जाेड दिनु पर्छ ।

तातोपानी गाउँ वडा न ५का अध्यक्ष छिरिङ महतले
तातोपानी गाउँपालिका जुम्लामा याे परियाेजनाले सबै क्षेत्रमा सहयाेग पुगने बताए

सर्वाेद नेपाल जुम्लाका अध्यक्ष नारायणी चाैलागाईले शिक्षा क्षेत्र सुधारका सबै लाग्नु पर्छ ।

दुर्गा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदि प्रसाद न्याैपानेले विद्यालयमा अध्ययनरत बालबालिका लागु अैाधष प्रयाेग भएकाले राेकथाम तिर पनि काम हुनु पर्छ । बाल विवाह राेक्नका लागि पनि काम हुनु पर्छ बताए ।

सम्बन्धित शीर्षक