एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत सहित प्यानलै विजयी

नेकपा एमाले जुम्लाकाे अध्यक्षमा शान्तिलाल महत सहित प्यानलै निर्वाचित भएकाे छ । नवाैं जिल्ला अधिवेशनबाट बहुमतसंगै अध्यक्षमा शान्तिलाल महतसंगै प्यानलै विजय भएकाे छ ।

कुल खसेकाे ३३८ मत मध्य अध्यक्षमा महतले  १९४ मत प्राप्त गर्दै दाेस्राे पटक अध्यक्षमा निर्वाचित भएका हुन् । भने अध्यक्षका प्रत्यासी धिरेन्द्रराज गिरी १३५ मत प्राप्त गर्दै  पराजित भएका हुन् । ५९ मतान्तरले महत अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै  महत प्यानलकाे उपाध्यक्षमा  प्रेम बहादुर बुढाले १८७ , पदम बहादुर बुढाले १३८ मत प्राप्त गरि विजयी भएका छन् । भने सचिवमा मान बहादुर रोकायाले  १७९  महिला उपसचिवमा मेनका रेग्मीले १७४,पुरुष उपसचिव धन बहादुर बुढाले १४१ मत ल्याएर पदाधिकारीमा महतकाे प्यानलै विजयी भएकाे निर्वाचन समितिले जनाएकाे छ ।

त्यस्तै धिरेन्द्र गिरीका प्यानलका उपाध्यक्ष उम्मेदवार पदम बहादुर बुढाले १३८, सचिवमा आदि प्रसाद न्याैपानेले १४१,पुरुष उपसचिवमा धर्मेन्द्र राेकायाले १४१ र महिला उपसचिवमा शुसिला भट्टराईले १०८ मत प्राप्त गर्दै धिरेन्द्रराज गिरीकाे प्यानलै पराजित भएकाे हाे ।

सम्बन्धित शीर्षक