डाेकाे बाेकेर सरसफाई गर्दै ढाडथपला देउडा समूह

लक्ष्मी न्याैपाने

जुम्लाको चन्दननाथ नगरपालिका वडा न २ ढाडथपाला देउडा संरक्षण समुहका काली बहादुर (बुढथापाकाे समुहले ) गाउँबस्तीमा सरसफाइ अभियानमा सुरू गरेको छ। कालीबहादुर बुढथापाकाे समूहमा २७जना महिला पुरूषकाे सहभागी छन्। सो समूहले जुम्ली डाेकाे बाेकाेर सरसफाइ अभियान सुरू गरेकाे छ।
चन्दननाथ नगरपालिका का बिभिन वडामा याे समुहले प्रतेक हप्ताको एक चाेटि सरसफाइ गर्ने भएको छ।

यस्तै समुहकि सचिब राज्य लक्षमि बुढथापाले घर आगन र टाेल सरसफाइ राख्ने उद्देश्यले सरसफाइ सुरू गरेकाे बताईन।यस्तै सरसफाइ गरेर सके पछि वडा न २काे जिउलामा गएर।सरसफाइ सम्बन्धि काे देउडा खेलेर देउडा मार्फत पनि जनचेतना जाेगाउने गरेकाे बुढथापाकाे भनाई छ।

यस्तै समुहका काेषअध्यक्ष जयलाल बानियाले
आफ्नो समुहले डाेकाे बाेकाेर सरसफाइ गर्दा अन्य वडा बासिकाे पनि सरसफाइ ध्यान जावाेस र र दाउरा मल्ल बाेकेन प्रयाेग गरिने डाेकाे सरसफाइ मा प्रयाेग गर्दा नयाँ पन हुने र फाेहाेर हाल्न सजिलाे हुने भएको ले जुम्ली डाेकाेकाे प्रयाेग गरेर सरसफाईकाे सुरूवात गरेकाे उनले बताए ।
यस्तै ढाडथपाला देउडा संरक्षण समुहले सरसफाई सकेर देउडा मार्फत आफ्नो गाउँ ठाउँमा

सामान्य बोलीचालीका शब्द सरसफाई सम्मबन्धित देउडा भागामा प्रस्तुत हुने भएकाले स्थानीयले सहजै बुझ्ने गरेका छन्। ‘भाषण गर्दा, प्रशिक्षण दिइरहँदा धेरै शब्द नबुझिने हुन सक्छन्’, ‘गाउँ टोलभित्रै बोलिने भाषाको प्रयोग हुने भएकोले छिटो सरसफाईकाे सन्देश फैलाउन सकिने। यो अहिलेसम्मको अनुभव पनि हो।’अध्यक्ष बुढथापाले बताए

देउडाबाटै उनीहरूले सरसफाईकाे बिषयमा दर्शाउने गर्छन्। घर आगनलाई सफा राखाै सरसफाईमा सबै जागै भने देउडा गित राम्ररी लय मिलाएर सन्देश दिइरहेका हुन्छन्। पछिल्लो समयमा सरसफाई सन्देश देउडाबाटै फैलाउने स्थानीय देउडा कलाकारका रुपमा परिचित छन।

उनीहरूले अत्यधिक यसरी सरसफाइ सम्बन्धि जनचेतना जाेगाएर सभ्य र सुसंस्कृत समाज निर्माणमा जुट्न आह्वानसमेत गरेका छन। जुम्लाका एक नगरपालिका,१० वटै वडामा सरसफाई काे अभियान सन्देशमूलक कार्यक्रम गरेर हानिकारक अभ्यास रोक्नसमेत देउडाबाटै उनीहरूले भनेका छन्।

 

सम्बन्धित शीर्षक