कर्णाली बाेर्डिङ स्कुलले चैत २५मा ५ किमिकाे दाैड प्रतियोगिता गर्दै

लक्ष्मी न्याैपाने
जुम्लाकाे जयारत्न कर्णाली बाेर्डिङ स्कुल (जेआर केबिएस) ले १६ वर्षमुनिको ५ किमि दाैड प्रतियोगिता गर्ने भएकाे छ। आगामी चैत २५ गते १६ वर्षमुनिको ५ किमि दाैड प्रतियोगिता गर्ने जयारत्न कर्णाली बाेर्डिङ स्कुल (जेआर केबिएस)का प्रिन्सिपल पुर्वा शेर्पाले बताएका छन्। आज पत्रकार सम्मेलन मार्फत दाैड प्रतियोगिताबारे जानकारी गराइएको हाे।

पढाइमा मात्रै दबाब दिने परिपाटीकाे अन्त्य गर्दै १६ वर्ष मुनिका विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा समेत सामेल गराउने परिकल्पनाका साथ याे दाैड प्रतियोगिताकाे आयाेजना गरिएकाे जेआर केबिएसका भ्वाइस प्रिन्सिपल अमरनाथ याेगिले बताए । प्रतियोगिताकाे विजेतालाई ५ हजार नगद साथै मेडल र प्रमाणपत्र प्रदान गरिने उनले बताए। यस्तै द्वितीयलाई ३ हजार, तृतीयलाई २ हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिने उनले बताए ।

दाैड छात्र र छात्रा दुबै विधामा हुनेछ। जेआर केबिएसकाे मैदानबाट सुरु भएर चन्दननाथ मन्दिर अगाडि टुंगिने छ। चैत १९ देखि चैत २४ गते सम्म सहभागीले आफ्नाे नाम दर्ता गर्न सक्ने आयाेजकले जनाएको छ। दर्ता शुल्क १ सय रुपैयाँ ताेकिएकाे छ। प्रतियोगितामा अनुमानित खर्च ७० हजार सम्म हुने अनुमान गरिएको छ। याे प्रतियोगिताकाे टेक्निकल सपाेर्टमा कर्णाली स्पाेर्ट क्लब रहेकाेछ। दाैडकाे रुट केबिएस, बसपार्क, राजासिम, कालेखाेलि, गणकाे बाटाे, मानव चाेक, टुडिखेल हुँदै चन्दननाथ मन्दिर गएर टुंगिने कर्णाली स्पाेर्ट क्लबका सचिव मधुराज न्याैपानेले बताए ।

विज्ञान प्रदर्शनीकाे सफलता पछि दाैड प्रतियाेगिता सञ्चालन गर्न तम्सिएकाे जेआर केबिएसले याे प्रतियोगिता हरेक वर्ष सञ्चालन हुने जनाएको छ।

सम्बन्धित शीर्षक