शेराजिउलोको २२ भारीखेतमा ६० पाथी बिउ राखिएको अध्यक्ष थापाको भनाइ

लक्ष्मी न्यौपाने,जुम्ला ।
कर्णालीकै प्रशिद्ध चन्दननाथ भैरवनाथ मन्दिरमा रहेको शेरा जिउलोमा रोप्नको लागि ६० पाथी मार्सीधानको बिउ राखिएको गुठि समितिका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिएका छन । यो पटक २२ भारी खेतमा मार्सीधान रोप्न लागिएको हो ।
जुम्लाको पहिचान बोकेको मार्सीधान गुठि समितिले हरेक बर्ष रोप्दै आएको छ । गुठि समितिका अध्यक्ष थापाले मार्सीधानको क्यालण्डर अनुसार बिउ राख्ने र सुकाउने कार्य चलिरहेको बताए । उनका अनुुसार २० गते बेर्नामा लगेर बिउ छर्ने तालिका छ ।
पहिले धेरै खेतहरु थिए । उत्पादन पनि धेरै भइरहेको थियो । अहिले सिंचाइ अभावका कारण सबै जिउलोमा मार्सीधान रोप्ने अवस्था छैन्,अध्यक्ष थापाले भने,सिचाइ गर्न सकिने क्षेत्रफलमा धान रोप्ने तयारी भइरहेको छ । ’
परम्परा अनुसार मन्दिरमा पनि चैत १२ गते बिउ भिजाइएको थियो । १६ गते भिजाइएको बिउ निकालेर सुकाउन थालिएको छ । २० गते बर्नामा लगेर छरिन्छ । हरेक दिन पुरानो पानी फालेर नयॉ पानी हाल्ने गरिएको छ । पहिले मन्दिरले केही जग्गा अधिया दिएर त केही आफैले रोपेर मार्सीधानको खेति गरिरहेको थियो । अहिले लगानी पनि कम छ । मार्सीधान प्रति किसानहरुको चासो पनि कमै छ,उनले भने,‘अब मार्सीधानको उत्पादन बढाउने गरेर सबैले रोपाइ गर्न जरुरी देखिन्छ । ’
उनले मार्सीधान खेति हुने जमिनमा घरहरु नबनाउन र बगैंचा नलगाउन सुझाव दिए । बजारमा मार्सीचामलको माग बढिरहेकोले मार्सीधानको क्षेत्रफल बढाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित शीर्षक