पुर्वराजा ज्ञानेन्द्र शाह चैत २४ गते जुम्ला आउदैं

लक्ष्मी न्यौपाने,जुम्ला ।

पुर्वराजा ज्ञानेन्द्र शाह यही चैत २४ गते जुम्ला आउने भएका छन् । उनी २४ गते ११ बजे जुम्ला आइपुग्ने समयतालिका रहेको छ । पुर्वराजा शाहलाई जुम्लामा भव्य स्वागत गर्ने तयारी भइरहेको नागरिक अभिनन्दन समितिका संयोजक विष्णु बुढ्थपाथाले जानकारी दिए ।
उनका अनुसार पुर्वराजा शाहले कर्णालीको प्रशिद्ध धार्मिक पर्यटकीय स्थल चन्दननाथ र भैरबनाथ मन्दिरमा पुजाआजा गर्न तयारी पनि भइरहेको संयोजक बढ्थापाले बताए ।
राजाले कुनै चिन्ह र कुनै स्वार्थ लिएर आउने छैनन्,उनले भने,मन्दिरको पुजाआजा गरेर जनताको भलाइको लागि कामना गर्न आउने भएकोले जुम्ली जनताले नागरिक अभिनन्द गरेर स्वागत गर्नु अनौठो पनि होइन । ’
पटकपटक जुम्ला आएर मन्दिरको दर्शन गरेको इतिहास छ । यो पटक पुर्वराजाको त्यसैको निरन्तरता हो । उनले मुलुकमा शान्ति स्थापना हुनु र कर्णालीमा सडक पुग्नुमा पुर्वराजाको ठुलो योगदान समेत रहेको बताए ।
पुर्वराजाले नेपाली सेनालाई काम नदिएको भए,सेनाले काम नगरेको भए सडक नै आउदैनथ्यो होला,उनले भने,‘अहिले सडकमा सवारी आवागमन हुनुमा पनि राजाको योगदान छ । पुर्वराजाको नागरिक अभिन्दनको लागि तीब्र तयारी भइरहेको उनको भनाई छ ।
उनले राजसंस्था प्रति आस्था भएका सबै जुम्लाबासीलाई अभिनन्दनमा सहभागि हुन समेत अपिल गरेको बताए । यसअघि जुम्ला आउने भनेका पुर्वराजा मौसमी प्रतिकुलताका कारण नेपालगञ्जबाटै काठमाण्डौ फर्किएका थिए । यो पटक भने चैत २४ गते आउने निश्चित भएको संयोजक बुढ्थापाले बताए ।

सम्बन्धित शीर्षक