नेकपा एमाले जुम्लाकाे ९औँ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने

लक्ष्मी न्याैपाने
नेकपा एमाले जुम्लाकाे ९औँ जिल्ला अधिवेशन वैशाख १५ र १६ गते हुने ९ औँ जिल्ला अधिवेशनलाई एकता र सर्वसहमतिको जिल्ला अधिवेशन गर्ने प्रतिवद्धता गरेको छ । अधिवेशनका बारेमा जानकारी गराउन पार्टी कार्यालयमा ९ औँ जिल्ला अधिवेशन एकता, सर्वसहमति र सहकार्यको अधिवेशन हुने उहाँको दावी छ । सिमन ग्रासरुट अभियानबाट पार्टी बलियो, सुदृढ र व्यवस्थित भएको उहाँको भनाइ छ आयोजित पत्रकार सम्मेलनमा यस्तो बताईएको हो । उक्त पत्रकार सम्मेलनमा बोल्दै पार्टी अध्यक्ष शान्तिलाल महतले व्यक्तिले उम्मेदवारी दिने पाउने तर, टीम निर्माण गर्न पार्टीले रोक्ने बताउनु भयो ।

यस्तै पत्रकार सम्मेलनमा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य रतननाथ योगीले सर्वसहमतिबाट नेतृत्व चयन हुने बताउनु भयो । जीवन्त पार्टीमा विभिन्न पदको आकांक्षा हुनु स्वभाविक भएको बताउँदै उहाँले भन्नुभयो, आन्तरिक प्रतिस्पर्धामा भाग लिन पार्टीले रोक्ने अवस्था हुँदैन् । एमालेले यति बेलाको अधिवेशनबाट सर्वसहमतिमा नेतृत्व चयन गर्नेमा ढुक्क हुन उहाँले अनुरोध गर्नु भएको छ । नेकपा एमालेले मिसन ८४ लाई लक्षित गरेको हुनाले जिल्ला अधिवेशन सर्वसहमतिमा हुने कुरामा शंका नगर्न उहाँले सबैमा आग्रह गर्नु भएको छ ।
लोकतान्त्रीक पार्टी भएकाले व्यक्तिले उम्मेदवारी दिन पाउने अधिकारलाई सम्मान गर्छ । तर, समूह निर्माण गर्न मिल्दैन् । समूह निर्माण गरी निर्वाचनमा जाँदा गुटउपगुट सृजना भई पार्टी आन्तरिक रुपमा कमजोर हुने महतले बताउनु भयो ।

जिल्ला अधिवेशनबाट ९० सदस्यीय कमिटी चयन हुने छन् । त्यसमा ७५ सदस्य भुगोल र १५ सदस्य प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट आउने योगीले जानकारी गराउनु भयो । नेकपा एमालेले जिल्ला अधिवेशन भव्य रूपमा सम्पन्न गर्न पार्टी अध्यक्ष महतको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको प्रचार विभाग प्रमुख समुन आचार्यले बताउनु भयो ।

उहाँका अनुसार, पाँचवटा उपसमिति पनि गठन भएको जानकारी गराउनु भयो । प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, आर्थिक व्यवस्थापन समिति, अतिथि सत्कार समिति र स्वयम सेवक समिति बनेका छन् । प्रत्येक वडाबाट २० जना संगठित सदस्यबराबर एकजना खुला जिल्ला प्रतिनिधिमा छनोट भएर आउने आचार्यले बताउनु भयो ।

सम्बन्धित शीर्षक