जेष्ठ नागरिकहरुको अभिभावक सामाजिक विकास कार्यालय

जुम्लाः सामाजिक विकास कार्यालय जुम्लाले जेष्ठनागरिक मैत्री कार्यक्रम लागु गरेपछि जिल्लाका जेष्ठ नागरिकहरु उत्साहित भएका छन । उनीहरुलाई दिवा सेवा सञ्चालन गरेको खाजाको व्यवस्थापन गर्नुका साथै मनोरञ्जन प्रदान गरिएको सामाजिक विकास कार्यालय जुम्लाका प्रमुख तुलाराज चौलागाईले जानकारी दिए ।

उनका अनुसार जेष्ठ नागरिकले सामाजिक विकास कार्यालय जुम्लालाई अभिभावक ठानेका छन । जेष्ठ नागरिकलाई अलग्गै राख्ने होइन्,उनीहरु भेला भएर रमाउने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता थियो,उनले भने,‘त्यही अनुसार कार्यक्रम चलिरहेको छ । ’

प्रमुख चौलागाईले सामाजिक विकास कार्यालयले शैक्षिक विकास,सामाजिक विकास,युवा तथा खेलकुद,भाषा,धर्म संस्कृति र श्रम सम्बन्धि कार्य गरिरहेको बताए । उनले जेष्ठ नागरिकलाई कार्यालय व्यवस्थापन र फर्निचर व्यवस्थापनमा पनि सहयोग गरेको बताए ।

सामाजिक विकृती न्युनिकरण गर्न र लागुऔषध,बालविवाह र छाउपडीको लागि जनचेतनामुलक कार्यक्रम समेत गरिएको छ । उनले असल र सभ्य नागरिकको रुपमा जिउन सबैले पहल गर्न समेत प्रमुख चौलागाईले आग्रह गरे ।

सम्बन्धित शीर्षक