बिजेता खेलाडीलाई सम्मान

जुम्ला । जुम्ला बहुमुखी क्याम्पसमा रहेको स्वतन्त्र विद्यार्थी युनियनले प्रदेशस्तरीय फुटबल प्रतियोगितामा बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरेर स्ववियुले दोसल्ला र सम्मानपत्र दिएर खेलाडीहरुलाई सम्मान दिइएको हो । गत फागुन १५ गतेदेखि सुरु भएको प्रदेशस्तरीय फुटबल प्रतियोगिताका बिजेता खेलाडीहरुलाई सम्मान गरिएको स्ववियु सचिव जयकृष्ण जैशीले जानकारी दिए । क्याम्पस सभापति महेश हमालले आफु पनि खेलाडी पृष्ठभुमीबाट आएकोले खेल क्षेत्रको माया लाग्ने गरेको बताए । उनले छोटो समयमै फुटबलले फड्को मारेको भन्दै आगामी दिनमा यसको निरन्तरता आवश्यक रहेकोमा जोड दिए ।

जुम्ला बहुमुखी क्याम्पसका पुस्तकालय विभागका नरेन्द्र महतले प्रदेशस्तरीय खेलकुद जितेर जुम्लाका खेलाडीले जुम्लाको नाम उच्च राख्न सफल भएको प्रतिक्रिया दिए । उनले जुम्लाको फुटबल र खेलाडीहरुको अवस्था पहिचान गरेर खेलको संरक्षण र खेलाडीहरुको सम्मान गर्नुपर्ने बताए ।

जुम्लाको टिम कोच राजबहादुर खत्रीले खेलाडीले निकै मेहनत र अनुशासन पुर्वक खेल प्रदर्शन गरेको भन्दै खेलाडीहरुको उच्च प्रसंसा गरे । फुटबल क्षेत्रको विकास र खेलाडीहरुको प्रोत्साहनमा सरकारी पक्षले सहयोग गर्नुपर्ने उनको तर्क थियो । क्याम्पस प्रमुख डा. ओमप्रकाश आचार्यले खेलाडीहरु बिजेता बन्न सफल भएकोमा शुभकामना दिए । खेलाडीहरुको हौसलाको लागि सम्मान कार्यक्रमको आयोजना गरिएको क्याम्पस स्ववियु सचिव जैसीले जानकारी दिए ।

यसैबिच जिल्ला खेलकुद विकास समितिले पनि बिजेता खेलाडीहरुलाई सम्मान गरेको छ । उनीहरुको हौसला र सम्मानका लागि दोसल्ला र टोपी लगाइदिएर सम्मान गरिएको सदस्य सचिव संगिता आचार्यले जानकारी दिइन् ।
जिल्ला फुटबल संघ जुम्लाका अध्यक्ष भरत बुढ्थापाले सबैले सहयोग गरे खेल क्षेत्रको विकास हुने बताए । उनले जुम्लाको फुटबल निकै चुनौति र समस्याका बिचबाट अघि बढेकोले स्मरण गर्न योग्य रहेको बताए ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष धनकृष्ण पाण्डेले खेल क्षेत्रको विकास र खेलाडीहरुको उच्च मनोबल बढाउन संधै लागि परेको बताए । सामाजिक बिकास कार्यलय जुम्लाका प्रमुख तुलराज चौलागाईले खेल क्षेत्रमा आगामी दिनमा अझै उन्नति प्रगति हुदै जाने विश्वास व्यक्त गरे । खेलकुद विकास समितिका सदस्य सचिव आचार्यले नियमित खेलाडीहरुलाई हौसला र साथ दिन तत्पर रहेको प्रतिबद्धता जनाइ्न । जुम्लाको खेलाडीहरुले सेमिफाइनलमा सुर्खेत र फाइनलमा हुम्लालाई पराजित गरेर बिजेता बनेका थिए ।

सम्बन्धित शीर्षक