चिसोमा तातोपानी ५ का वडाध्यक्षद्धारा न्यानो कपडा वितरण

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाको तातोपानी गाउँपालिका ५ ले अत्यधिक चिसोका कारण प्रभावित नागरिकलाई न्यानो कपडा बाँडेको छ । बुढाबुढी,एकल महिला र अपांगता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरिएको हो ।
जेष्ट नागरिक दिवसको अवसरमा उनीहरुको सम्मानस्वरुप न्यानो कपडा दिइएको वडाध्यक्ष छिरिङ महतले जानकारी दिए । उनका अनुसार स्वीटर,जकेट प्रदान गरिएको हो । उनका अनुसार वडाभित्रका १ सय ७० जनालाई न्यानो कपडा दिइएको हो ।
वडापालिकाले न्यानो कपडा दिएपछि नागरिकहरु निकै खुसी छन । अहिले जुम्लामा तापमान माइनसमा छ । यो सिजनमा महिला,बालबालिका र जेष्ठ नागरिक निकै प्रभावित छन,वडाध्यक्ष महतले भने,‘यो समयमा न्यानो कपडा दिदा राहत प्रदान गरेको अनुभुती भइरहेको छ ।
गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाइ र प्रमुख प्रशासकीय अधिकृत तिर्थबहादुर कठायतको समेत उपस्थिती रहेको थियो । कोही नहुनेहरुको लागि वडा सरकार छ भन्ने सन्देश यो कामले दिएको छ,स्थानीयले खुसी हुदैं भने,’‘आगामी दिनमा पनि वेसाहराका लागि नयाँ काम हुंदै जानेछ । ’
वडाले यसअिघ विपन्न व्यक्तिलाई खाद्यन्नदेखि लत्ता कपडा पनि दिदै आएका थियो । वडाध्यक्ष महतका अनुसार तीन लाख बराबरको सामाज दिइएको हो । गाउँपालिका अध्यक्ष चौलागाइले
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले सिमित स्रोतका बीच पनि सबै क्षेत्रको आवश्यकता पहिचान गरी काम गर्दै आएको बताए । उनले लक्षित वर्ग सरकारको विशेष प्रथामिकतामा रहेको बताए ।

सबै वडामा एकल महिला,विपन्न समुदाय,जेष्ठ नागरिकका लागि सरकारले राहत मुलक कार्यक्रम ल्याउने गरेको भन्दै अध्यक्ष चौलागाईले वडा नं.७ र ८ का जेष्ठनागरिकलाई भत्ता बुझ्न निशुल्क बसदेखि ग्यास चुलो,न्यानो कपडा वितरण गर्दै आएको जानकारी दिए ।
प्रमुख प्रशासकीय अधिकृत कठायतले सरकारले विपन्न र बेसाहरा नागरिकको हितमा कार्य गरिरहेको भन्दै सबैले सरकार प्रति आशा र अपेक्षा राख्नु स्वभाविक रहेको बताए ।

सम्बन्धित शीर्षक