किडार्कद्वारा स्थानीय बजार सहजकर्तालाई तालिम

लक्ष्मी न्यौपाने,जुम्ला ।
जुम्लाका बजार सहजकर्ताहरुलाई समुह व्यवस्थापन तालिम सम्पन्न भएको छ । वल्र्डभिजन इन्टरनेश्नल नेपालको आर्थिक सहयोग,किडार्क नेपालको एकीकृत पोषण तथा उत्थानशिल जीविकोपार्जन परियोजनाको आयोजनामा तालिम सकिएकोे हो ।

तालिममा पातारासी ३,तातोपानीका ३ र चन्दननाथका ३ जना र गुठिचौरका एक जना गरेर १० जना सहजकतालाई तालिम दिइएको हो ।

स्थानीय बजार सहजकर्ताहरुलाई व्यवसायिक क्षमता विकास गर्ने,समुहका मुख्य ५ विकासको बारेमा जानकारी गराउने,समुहको अवस्था विश्लेषण गर्ने तथा योजना निर्माण गर्न सहज पार्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो ।

तालिममा समुह व्यवस्थापन सीप,सीपका प्रकार,दिगो उत्पादन र प्राकृतिक स्रोत व्यवस्थापन सीप,आधारभुत बजार सीप,वितिय व्यवस्थापन सीप र आन्तरिक बचत तथा क्रृण परिचालन सीप लगायतका बारेमा सहिजीकरण गरिएको थियो ।  परियोजना अधिकृत श्रीराम थापाले तालिमको सहजीकरण गरेका थिए । तालिम दुई दिन सम्म चलेको थियो । तालिममा सहभागी तातोपानी ५ की रेखा खड्का र चन्दननाथ १० की राप्ती न्यौपानेले आफुहरु सिकेका कुराहरु समुहमा गएर सिकाउने प्रतिबद्धता जनाइन ।

सम्बन्धित शीर्षक