लक्ष्मी न्याैपाने,जुम्ला ।
जुम्लाको पातारासी गाउँपालिका वडा नम्बर ४ छाउपडी प्रथामुक्त वडा घाेषणा हुने भएको छ । वडामा छाउ भएकाे समयमा महिलाहरू घरमा बस्न थालेपछि वडा नै छाउपडी प्रथामुक्त वडा घाेषणा हुन थालेकाे हाे ।
लैङ्गिक हिंसा विरूद्वकाे १६ दिने अभियानमा पालिका उपाध्यक्ष जनमाया राेकायाकाे नेतृत्वमा वडा भित्रका गाउँहरूमा अनुगमन गर्दा महिलाहरू छाउगाेठमा नबसेकाे भेटिएको थियाे ।
इटालियन फाउन्डेसनकाे आर्थिक सहयाेग र सर्बाेदय नेपालकाे सहजीकरणमा अनुगमन गरिएको थियाे । अनुगमनमा स्थानीयले सामाजिक कुरीतिका रूपमा रहेकाे छाउपडी प्रथा अन्त्य भइरहेकाे बताएका छन ।
स्थानीय ५२ बर्षकी जसुकला बुढाले पहिले छाउपडी भएको बेला निकै दुख हुने गरेकाे बताइन ।
उनले गाेठ,बस्ने,गाेठमै खाने भएकोले निकै जाेखिम हुने गरेकाे बताइन । अहिले सबै छाउ भएको समयमा घरमै बस्ने गरेकाे उनकाे भनाइ छ ।
अनुगमनमा गाउँपालिकाकाे टीम,सर्वाेदय नेपालकाे प्रतिनिधि,पत्रकार र स्थानीय महिला पुरूषहरूकाे सहभागिता रहेकाे थियाे ।
उक्त वडामा तिर्खु डिल्लीचाैर,लाम्री गाउँ पर्छन । त्यहाकाँ ३ सय ५० घरधुरी बस्छन । सर्वाेदय नेपालकाे सामाजिक परिचालक रेविका सुनारले महिलामा छाउपडी हदा गाेठमा बस्नु पर्ने बाध्यताकाे अन्त्य भएको बताईन ।