लक्ष्मी न्याैपाने,जुम्ला ।
जुम्लामा लागू औषध विरूद्वकाे अभियान घनिभुत बन्दै गएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले सचेतनामुलक कार्यक्रमलाई प्राथमिकता दिन थालेको हाे ।
बिहीबार मात्रै जुम्लाको तीन स्थानमा सचेतना बाेर्ड राखिएको हाे । सांसद ज्ञानेन्द्र शाही,प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे र डिएसपी प्रह्लाद कार्कीले कर्णाली प्राविधिक शिक्षालय,अस्पताल र जुम्ला विमानस्थलमा लागू औषध विरूद्वकाे सचेतना बाेर्ड राखेका हुन ।
बाेर्डमा लागू औषधकाे विकल्पको रूपमा विभिन्न मेडिकल औषधीहरू प्रयोग भइरहेको हुदा चिकित्सककाे सिफारिस बिनाको औषधीहरू काेही कसैले पनि प्रयोग तथा विक्रि वितरण नगर्न आग्रह गरिएको छ ।
साथै यस्ता औषधीहरू साथमा कसैले राखेमा,प्रयोग गरेकाे वा विक्रिवितरण गरेको पाइएमा कानुन बमोजिम हदैसम्मको कार्वाही हुने समेत बाेर्डमा उल्लेख छ । लागू औषधविरूद्वकाे अभियानमा एकजुट हुन समेत अनुराेध गरिएको डिएसपी कार्कीले बताए ।